कमला हमाल
कोहलपुर भाद्र २१ । दाङका पत्रकार पार्वती बस्नेतका श्रीमान् प्रमोद वर्माको रहस्मय मृत्यू प्रकरण विषयलाइ लिएर बुधबार पत्रकार महासंघ दाङ शाखाले इलाका प्रहरी कार्यलय कोहलपुरमा छलफल गरेको छ । पत्रकार बस्नेतका श्रीमान् प्रमोद वर्माको गत साउन २३ गते गते राप्तिसोनारी गाँउपालिका वडा नम्वर १ अगैयाको जंगलमा झुन्डिएको अवस्थामा मृत्यु अवस्थामा फेला परेका थियो । परिवारले यो आत्महत्या नभइ हत्या भएको भन्दै प्रहरी कहा जाहेरी दिएका थिए । यस घट्नाको अनुसन्धान इप्रका कोहलपुरले गरीरहेको हुदा घट्नाको सत्य तथ्य तथा चाडो भन्दा चाडो बाहिर सार्वजनिक गरी कारबाहीको माग गर्दै इप्रका कोहलपुुरका प्रमुख डिएसपी यज्ञ प्रसाद भट्राइलाइ आग्रह गरीएको पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले बताए । इप्रका प्रहरी कोहलपुरका प्रमुख डिएसपी भट्राइले प्रहरीले घट्नालाइ लिएर कुनै कसर बाँकी नराखेर अनुसन्धान गरीरहेको बताउनुभयो । घट्नामा संङ्लग्न २ जना महिलालाइ प्रकाउ गरीएको बताउनुभयो । घट्नाको आवश्यक थप अनुसनधान भइरहेको र शवको प्रकृती हेर्दा आत्महत्या हो वा हत्या भनेर अदालतनै पुष्टि गर्ने भएकाले अनुसन्धानलाइ प्रभावकारी बनाएको बताएका छन । छलफलमा दाङका करिव २५ जना क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।