मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

म खाँदिनभ्रष्टाचार विरुद्ध अभियानको तयारी पुुरा
  • मार्गरेखा संवाददाता

  • dav

    dav

    सोम गुुरुङ्ग,नेपालगन्ज २१ भाद्र / भ्रष्टाचार विरुद्ध एकता एवं नागरिक खबरदारी गर्ने उद्धेश्यले भाद्र २३ गते शुक्रबार ८ सेप्टेम्बर २०१७ का दिने म खाँदिन अभियान नेपालगन्जमा भब्य मनाउने तयारी पुुरा भएको छ । आज बाँकेका विभिन्न नागरिक समाजको सहभागीतामा तयारी पुुरा भएको छ ।
    नेपालका ३४ जिल्लामा सो अभियान एकै पटक सन्चालन हुुने इन्सेकका नारायण सुुवेदीले जानकारी गराउनुु भयो । यो अभियान एक नागरिक अभियानभएकोले देश भरि नै पनि सन्चालन हुुने बताइएको छ । सो कार्यक्रममास्थानीय तहहरु गाउँपालिका र नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुका साथै जिल्ला स्थित विभिन्न सरोकारवालाहरको उपस्थितीमा हुुने र भ्रष्टचार विरुद्ध गोलबद्ध हुुदै,म घुुस खाँदिन, दिँदिन र सहन्न भन्दै सामुुहिक प्रतिबद्धता समेत गर्ने कार्यक्रम तय भएको छ । भ्रष्टाचार विरुद्धका विभिन्न प्लेककार्डसहित त्रिभुुवन चोकदेखि रयाली सुुरु भई जिल्ला प्रशासन कार्यालयमा पुुगेर निर्वाचित जनप्रतिनिधिद्धारा सामुुहिक हस्ताक्षर गरेर भ्रष्टाचार विरुद्धको नागरिक अभियानमा प्रतिबद्धता जाहेर गर्ने कार्यक्रम तय भएको छ ।
    सो कार्यक्रममा सहभागी भई भ्रष्टाचार विरुद्ध एकता एवं नागरिक खबरदारीमा हातेमालो भई सो अभियानलाई सफल बनाई बाँके जिल्लालाई भ्रष्टचारमुुक्त जिल्ला बनाउनसूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीले आग्रह गर्नुु भएको छ ।

     

     

  • २१ भाद्र २०७४, बुधबार १८:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित