मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राष्ट्रिय जनावर गाईको अकालमा मृत्यु हुदै
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगञ्ज भाद्र २२ । नेपालको राष्ट्रिय जनावर गाई बाँके जिल्लाको कोहलपुर नेपालगजका सडक खण्डमा सवारीहरु संग ठोकिदा अकालमै मृत्यु हुन बाध्य भएका छन ।
    नेपालको संबिधान २०७२ को भाग १ को दफा ९ को उपदफा ३ मा नेपालको राष्टिय जनावर गाइ उल्लेखित गरेतापनि छाडा छोडिएका राष्ट्रिय जनाबर गाईलाई समबन्धीत निकायले उचित व्यवस्थापनका अभावले राष्ट्रिय जनावर गाई अकालमा मृत्यु हुन बाध्य भईरहेका छन ।
    क्षेत्रिय प्रहरी कार्यालय कोहलपुरका अनुसार यसै आर्थिक बर्षमा मात्र करिब १ दर्जन गाईहरु सवारीमा ठोकेर मृत्यु भएका छन ।


    कहाँ कहाँबाट यसरी कोहलपुर नेपालगञ्ज सडक खण्डमा छाडा चौपायहरु आउन थालेका छन ति छाडा चौपाय कारण सवारी दुर्घटना दिनप्रति बढीरहेका त्यसलाई व्यवस्थापन गर्नका लागी कोहलपुर नगरपालिका संग गौशाला निर्माण गरि गाईहरु र अन्य चौपायहरुलाई व्यवस्थापन गर्ने बजेट अभाव रहेको तर राष्ट्रिय जनावर गाईहरुलाई व्यस्थापन गर्न राप्ती सोनारी गाउँपालिका अन्र्तगत पेरानी गाँउमा रहेको गौशााला लाई बार्षिक १ लाख रुपैया कोहलपुरनगर पालिका तयार भएको गौशाला व्यवस्थापन नमानेपछि सडक दुर्घटनालाई कम पार्न बाध्य भएर हालै ३ ट्रक गाईलाई कुशुम तिर छोडन बाध्य भएको कुरा कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले जनाउदै सबै पक्षको छलफलबाट छाडाचौपाएको व्यवस्थापन गर्ने सकिएन भने आज त सवारी सग ठोकिएर गाईको मृत्यु भईहेको छ भने मोटरसाईकल वा ठुला सवारी साधन संग गाई वा छाडाचौपायसंग दुर्घटना भए मानिसरुको पनि अकालमा ज्यान जाने कुरा बताए ।


    नेपालगञ्जमा रहेका गाई वा अन्य छाडा चौपायहरुको ब्यवस्थापन गर्ने नेपालगञ्ज उपमहानगरपालिका संगरहेको कान्जी घर छ नगर भित्र छाडा चौपायहरुलाई समातेर कान्जी घरमा राख्दै आएको चौपायका मालिकहरु खोज्दै आएमा जरिवाना दिएर आफ्नो चौपाय लिएर जाने गरेका छन । अन्य चौपायहरुलाई केहि दिन राखेर कोहि नलिन नआएमा धेरै भएमा जगलमा छोड्ने गरिएको कुरा नेपालगज उपमहानगर पालिकाले जनाएको छ । कोहलपुर र नेपालगञ्जका शहरका सडकहरुमा जताततै छाडा चौपायको बिगबिगीका कारण सवारी चालकहरुलाई सवारी चलाउन समस्या हुनुका साथै दिनप्रतिदिन दुर्घटना बढदै गएको हुनाले राष्ट्यि जनावरको संरक्षण सगै छाडाचौपायहरुको उचित व्यवस्थापनको गर्नुपर्ने स्थानिय बासिन्दाहरु बताए ।

     

  • २२ भाद्र २०७४, बिहीबार १३:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित