मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

निर्वाचन तयारी र कानुनबारे राष्ट्रपतिको चासो
  • मार्गरेखा संवाददाता

  • राष्ट्रपति भवन शितलनिवास पुगेका निर्वाचन आयोगका पदाधिकारीसँग राष्ट्रपति भण्डारीले निर्वाचनबारे चासो व्यक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले निर्वाचन कानुनबारे समेत आयोगका पदाधिकारीसँग जानकारी लिएकी छिन्।

    राष्ट्रपतिलाई निर्वाचन कानुन र निर्वाचनको तयारीबारे जानकारी गराउँदै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचन तयारी पूरा भएको र आयोग प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा लागेको बताए।

    ‘निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन आयोगले निर्वाचन आचारसंहिता पालनामा कडाइ गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ऐन पारित भइसकेकाले हामी निर्देशिका बनाउन लागेका छौँ,’ राष्ट्रपतिलाई चुनावी तयारीको ब्रिफिङ गर्दै यादवले भने।

    आयोगका पदाधिकारीसँगको भेटमा राष्ट्रपति भण्डारीले स्थानीय तहको दुई चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको भन्दै आयोगलाई बधाइ दिएकी थिइन्।

    यस्तै, उनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन पनि आयोगले सफलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गरिन्। ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट संविधानको भावना र जनताको चाहनाले मूर्तरुप लिन्छ र राजनीतिक स्थायित्व कायम हुन्छ। त्यो निर्वाचन सफलतापूर्वक सम्पन्न हुन्छ भन्ने मेरो विश्वास छ,’ राष्ट्रपतिले भेटमा भनिन्।

  • २३ भाद्र २०७४, शुक्रबार ११:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित