बाँके, भदौं २३ गते । नेपाल प्रहरीले बाँकेको डुडुवा गाउँपालिकाबाट भारत तर्फ निकासी गर्न लागिएको ठुलो परिमाणको लागु औषध चरेस नियन्त्रणमा लिएको छ ।
संघीय प्रहरी ईकाई कार्यालय नेपालगन्जले शुक्रबार पत्रकार सम्मेलन गरी बरामद गरिएको २१ किलो चरेससहित पक्राउ परेका दुईजनालाई सार्वजनिक गरेको छ ।
प्रहरीले बुधबारसाँझ बाँकेको डुडुवा गाउँपालिका २ नौरीगौरीबाट भारततर्फ चरेस निकासी गर्दै गरेको अवस्थामा डुडुवा २ का ५४ बर्षिय फेरन अहिर र ७० बर्षिय मुरी अहिरलाई पक्राउ गरेको संघीय प्रहरी ईकाई कार्यालय नेपालगन्जका डिएसपी नारायण अधिकारीले बताए । लागु औषध चरेसको मुल्य अन्दाजी तीन लाख ६० हजार रुपिया रहेको अधिकारीले बताए ।