नेपालगञ्ज भाद्र २३ । आगमी २०७५ सालमा नेपालगञ्जमा हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगी लाई सफलतापुर्वक सम्पन्न गर्नका लागी नेपालगञ्जमा ८७ लाख रुपैयाको लागतमा निर्माण भईरहेको भारत्तोलन एकेडेमीको निर्माण कार्य अन्तिम चरणमा पुगेको कुरा शुक्रबार नेपालगञ्जमा मध्यपश्चिम खेलकुद बिकाश समिती नेपालञ्जले पत्रकार बिच जानकारी गराएको छ ।
मध्यपश्चिम खेलकुद बिकाश समितीका अध्यक्ष भिम ओलीले आधुनिक भारत्तोलन एकेडेमी निर्माण राष्ट्रिय खेलकुद परिषदको ८७ लाख रुपैयाबाट स्थानिय उपभोक्ता समिती मार्फत निर्माण कार्य सुरु गरेको जनाउदै आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ को सफलतापुर्वक सम्पन्न गर्नका लागी भौतिकपुर्वाधार निर्माणका कार्य तिब्रगतिमा भईरहेको बताउदै भौतिक पुर्वाधारका निर्माणका लागी नेपाल सरकारले ७० करोड रुपैया छुट्टयाएको बताए ।
नेपाल भारत्तोलन संघका केन्द्रिय अध्यक्ष रतन कुमार टन्डनले निर्माण भईरहेको भारत्तोलन एकेडेमीमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रयोगीता सम्पन्न गराउने सक्ने बताए ।