बाँकेको डुडुवा गाउँपालिकाको तीन वडाका बाढिपिडितलाई शुक्रबार १ करोड १० लाख बराबरको राहत सामाग्री बितरण गरिएको छ ।
वडा नंं १ होलिया, २ बेतहनी र ३ बनकट्टीमा बाढिबाट प्रभाबित प्रति परिवारलाई ११ हजारका दरले राहत बितरण गरिएको हो । प्लान इन्टरनेशनलले शुक्रबार गाउँपालिकाका प्रमुख, वडा अध्यक्षको उपस्थितिमा होलियाका ५ सय र बेतहनीमा ५ सय गरी १ हजार घरधुरीलाई राहतका सामाग्रीहरु बितरण गरिएको छ ।
यस्तै बेतहनी, बनकट्टी र होलियामा गर्भवती महिला र सुत्केरी महिलाहरुलाइ चिसो र मलेरियाबाट ( लामखुट्टेको टोकाईबाट) जोगाउन झुल र पि फर्म बितरण गरिएको छ । होलियाका १ सय ९९, बेतहनीका २ सय ५० र बनकट्टीका १ सय ५० गरी ५ सय ९९ सेट झुल तथा पि फर्म बितरण गरिएको प्लानले जनाएको छ । बितरण कार्यक्रममा डुडुवा गाँउपालिकाका अध्यक्ष नरेन्द्र चौधरी, वडा अध्यक्षहरु, वडा सदस्यहरु लगायत स्थानिय रेडक्रसका कर्मचारी, र प्लानका कर्मचारीहरुको सहभागिता प्लानका जनक गिरीले जानकारी दिनुभयो ।
राहत बितरण कार्यक्रममा गाँउपालिका अध्यक्ष चौधरीले बाढीले पुर्याएको असरलाई कम गर्न प्लानको राहतले ठुलो सहयोग पुग्ने बताउनुभयो । राहत सामाग्रीमा प्रति परिवार १ सेट त्रिपाल, २० ली. बाल्टी, २ वटा कम्मल, खाना पकाउने भाडाहरु, महिला पुरुषले लगाउने एक एक सेट धोती र साडी रहेको छ ।