नेपाल इन्जिनियर्स एसोसिएसनको १२औ शाखाको रुपमा आज सुर्खेत शाखाको तदर्थ समिति गठन गरिएको छ ।
आज बिरेन्द्रनगरमा सम्पन्न भएको ईन्जिनियरहरुको भेलाले नेपाल इन्जिनियर्स एसोसिएसन सुर्खेत शाखा समितिको लागि ईन्जिनियर हरि केसि को अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । उपाध्यक्षमा दिपेन्द्र बिष्ट , सचिबमा कृश्न पान्डे कोषाध्यक्षमा सबिता चन्द सदस्यहरुमा इ प्रेम घिमिरे, घनश्याम पाठक र निराजन अधिकारि चयन भएका छन। कार्यक्रमको अध्यक्षता जनक शाही एबम एसोसिएसनका केन्द्रिय महासचिब उमेशप्रसाद थानीको प्रमुख आतिथ्यतामा भेलाको उद्घाटन गरिएको थियो ।
भेलामा नेपाल इन्जिनियर्स एसोसिएसनका महासचिव उमेश थानिले प्रमुख अतिथिको रुपमा बोल्दै आफुले नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा इन्जिनियरहरुको हक र हितका लागि देशै भर संगठन बिस्तार गर्ने भनी मत मागेको स्मरण गर्दै उक्त मर्म अनुरुप दाङ तथा सुर्खेतमा नयाँ च्याप्टर स्थापाना गर्न लागिएको बताएका थिए।
कार्यक्रमको सभापतित्व ग्रहण गरेका इन्जिनियर जनक शाहिले दिमागमा समझदारी,कांधमा जिम्मेवारी ,हिर्दयमा इमान्दारी लियर इन्जिनियरहरु आफ्नो कर्म क्षेत्रमा खटिनुपर्ने बताए। कार्यक्रममा बोल्दै ने इ ए का युथ कोअर्डिनेशन तथा वेलफेर कमिटिका को चिएर पर्सन प्रकाश के सिले प्रदेश ६ का सम्पुर्ण इन्जिनियरहरुको स्वागत गर्दै पेशागत मर्यादा, अधिकारका लागि पनि इन्जिनियरहरु एकजुट हुनुपर्ने धारणा राखे।