बर्दिया,भाद्र,२३
पौडीखेल्ने क्रममा बर्दियामा एक वालकको शुक्रवार दिउँसो डुवेर मृत्यु भएको छ ।
बारबर्दिया नगरपालिका वडानं—६ वस्ने पार्वती परियारको १४ बर्षिय छोरा सौरब परियारको बबई सिचाईको नहरमा पौडिखेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी गराएको छ । मृतक वालकको वारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक हेम बहादुर शाहिले जानकारी गराएका छन् ।