मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विपन्न समुदायलाई घर निर्माणमा सघाउदै सेवा प्रा.लि.
  • मार्गरेखा संवाददाता

  • कोहलपुर क्षेत्रमा मौलाउँदै गएको अवब्यस्थित आवास समस्याका बारेमा सबैले चिन्ता ब्यक्त गरेका छन ।  कोहलपुरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले अब्यवस्थित बसोवास तथा संरचना निर्माणका कारण कोहलपुर सुन्दरतामा ह्रास आउँदै गएको भन्दै दुख ब्यक्त गरेका हुन ।
    सेवा प्रा.लि. द्धारा कोहलपुर क्षेत्रको आवास अवस्थाको सम्भाब्यता अध्ययनको लागि शुक्रबार कोहलपुर आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले कोहलपुरलाई ब्यवस्थित तथा सुन्दर सहरको रुपमा विकास गर्न नगरपालिका सदैव तत्पर रहेको बताए ।
    उनले नगरको विकासका लागि आफुहरु सम्बन्धित निकाय तथा संघसंस्थासँग हातेमालो गर्न तयार भएको उल्लेख गर्दै दिर्घकालीन योजना बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए । सेवा प्रा.लि.ले विपन्न वर्गलाई लक्षित सस्तो दरमा आवास निर्माण गर्ने योजना ल्याएकोमा खुसी ब्यक्त गर्दै मेयर रावतले नगरपालिका कार्यालयसँग समन्वय गरेर अगाडी बढ्न आग्रह समेत गरेका थिए ।
    कार्यक्रममा बोल्दै नगर विकास समिति कोहलपुरमा अध्यक्ष अबराज खड्काले कुनै क्षेत्रगत विकासका लागि अन्य संरचनालाई अवरोध हुने खालका गतिबिधीहरु आफुलाई मान्य नरहेको स्पष्ट पार्दै सबैपक्षसँग समन्वय गरे मात्र कोहलपुर क्षेत्रको विकास हुने धारणा राखेका थिए । उनले पुरानो संरचनालाई यथावत राख्दै नयाँ संरचना निर्माणका लागि सबै सचेत हुनुपर्ने बताउँदै नगर क्षेत्रभित्र बढ्दै गएको अब्यवस्थित वसोवासले भविष्यमा समस्या उत्पन्न हुनसक्ने सम्भावना बढ्दै गएको बताए ।
    बिगतमा निर्माण गरिएका संरचनाहरुले कोहलपुरको जनघनत्व थेग्न नसक्ने अवस्था सृजना भईसकेको उल्लेख गर्दै अध्यक्ष खड्काले नयाँ ढंगले योजना निर्माण गरि कार्यान्वयनमा लैजान नगर विकास कार्यालय प्रतिवद्ध रहेको समेत जानकारी दिएका थिए ।
    कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले मध्य तथा सुदुरपश्चिम क्षेत्रकै ब्यापारीक नगरिको रुपमा उदाउँदै गएको कोहलपुरमा सेवा प्रा.लि. ले ब्यवस्थित बसोवासको अवधारण सहित आप्mनो योजना कार्यान्वयन गराउन लागेको भन्दै खुसी ब्यक्त गरेका थिए । उनले कोहलपुरमा बस्दै आएका विपन्न तथा मध्यम वर्गका नागरिकहरुले सेवा प्रालिका माध्यमबाट आप्mनो घर बनाउने सपना साकार गर्ने अवसर जुटाईदिएकोमा सेवा प्रालिप्रति आभार ब्यक्त गरेका थिए ।
    सेवा प्रालिका प्रबन्धक समा बज्राचार्यले कोहलपुरस्थित मैटहवामा १० विगाह क्षेत्रफलमा ३ सय ९५ वटा सुविधासम्पन्न घर निर्माण गर्ने कार्य अगाडी बढाएको जानकारी दिईन । उनले पहिलो चरणमा नमुनाका रुपमा ३ वटा घर निर्माण गरिएको र त्यसबाट राम्रो प्रतिक्रिया पाएकाले काम गर्ने हौसला थपिएको भन्दै विपन्न वर्गलाई सस्तो दरमा ४ लाख रकम ऋृण प्रवाह गरि घर निर्माणका लागि सहयोग गर्ने योजना समेत सार्वजनिक गरेकी थिईन ।
    देशका बिभिन्न जिल्लामा आप्mनो कार्यक्रम संचालन गर्दै आएको सेवा प्रालिले कोहलपुरको मैटहवाका बाढि पिढितहरुलाई सहुलियतमा घर निर्माण गर्न सहयोग गर्दै आएको बज्राचार्यले जानकारी दिईन ।

  • २४ भाद्र २०७४, शनिबार १४:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित