मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति २ करोड भारतीय रुपैयाँ
  • मार्गरेखा संवाददाता

  • दिल्ली, २४ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एकपटक विश्वका सबैभन्दा शक्तिशाली १०० जनाको सूचीमा परेका थिए । त्यसो त अहिले पनि मोदीलाई भारतको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री भनिन्छ । शक्तिको केन्द्रमा रहेका प्रधानमन्त्री मोदीको सम्पत्ति कति छ

    भारतीय सञ्चारमाध्यमका अनुसार मोदीसँग २ करोड भारतीय रुपैयाँभन्दा बढीको सम्पत्ति छ । गत आर्थिक वर्ष सन् २०१५–१६ को तुलनामा आर्थिक वर्ष २०१६–१७ मा मोदीको सम्पत्ति १५ प्रतिशतले बढेको छ ।
    पछिल्ला आर्थिक वर्ष २०१४–१५ र २०१६–१७ मा उनको सम्पत्ति क्रमश १।४१ करोड १।७३ करोड भारु थियो । मोदीसँग १ लाख ४९ हजार भारु नगद छ । मोदीसँग ४५ ग्राम तौलका सुनका रिङ छन् । जसको बजारमूल्य १ लाख २८ हजार भारतीय रुपैयाँ पर्छ ।
    यस्तै स्टेट बैंक अफ इन्डियामा रहेको उनको बैंक १ लाख ३३ हजार भारु बचत छ । सोही बैंकमा मोदीले ९० लाख २६ हजार रुपैयाँ फिक्स्ड डिपोजिट गरेका छन् ।
    प्रधानमन्त्री मोदीले गत आर्थिक वर्षमा सबै मिलाएर ५ लाख ७५ हजार रुपैयाँ भुक्तानी लिएका छन् ।

     

  • २४ भाद्र २०७४, शनिबार १६:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित