मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

स्याङजा समाज जापानद्धारा बर्दियाका बाढिपिडितहरुलाई राहात वितरण
  • मार्गरेखा संवाददाता

  • बर्दिया

    स्याङजा समाज जापानले आज बर्दियाका बाढिपिडितहरुलाई राहात वितरण गरेको छ ।

    आज एक कार्यक्रमका बिच बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ३ का बाढिपिडितहरुलाई १ लाख ५० हजार मुल्यको राहात वितरण गरीएको हो । स्याङजा समाज जापानमा आवद्ध युवाहरुले संकलन गरेको सो रकमबाट २ सय ७० घरपरिवारलाई झुल र धोति वितरण गरीएको राहात वितरण कार्यक्रमका संयोजक पत्रकार साबित्रि गिरीले बतार्इन ।बाढि पिडितहरुको माग अनुसार नै राहात वितरण गरीएको उनले बतार्इन ।

    स्याङजा समाज जापानका कोषाध्यक्ष विक्रम अर्यालको पहलमा सो रकम उपलब्ध भएको हो । राहात वितरण कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले बाढि प्रभावित क्षेत्रहरुमा देश विदेशबाट सहयोग जुट्दा राहात पुराउन सहज भएको बताए। उनले बाढि प्रभावित क्षेत्रहरुमा छिट्दै सम्पुर्ण राहात सहितको प्याकेज पुराउने पनि बताए । कार्यक्रममा गुलरिया नगरपालिकाका प्रतिनिधि ,वडा नम्बर ३ का जनप्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।

     

  • २४ भाद्र २०७४, शनिबार १९:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित