मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

निर्बाचित जनप्रतिनिधी र खेलकर्मीहरुलाई सम्मान
  • मार्गरेखा संवाददाता

  • खेलकुद क्षेत्रलाई प्रतिनिधित्व गर्ने स्थानीय तहको निर्बाचनमा निर्बाचित हुने जनप्रतिनिधी र खेलकर्मीहरुलाई सम्मान गरिएको छ ।

    नेपाल खेलकुद महासंघ उपमहानगरपालिका बाँकेद्वारा शनिबार नेपालगन्जमा निर्बाचित जनप्रतिनिधीहरुलाई सम्मान गरिएको हो । आयोजक महासंघका अध्यक्ष धिरज बमको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रिय खेलकुद परिषदका सदस्य बिनोद मैनाली तथा बिशिष्ठ अतिथिमा मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिति नेपालगन्जका अध्यक्ष भीम ओली रहनु भएको थियो । प्रमुख अतिथि मैनाली र बिशिष्ठ अतिथि ओलीले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

    कार्यक्रममा नेपालगन्जकी उपमेयर उमा थापामगर, वडा नम्बर ११ का अध्यक्ष उज्जवल सिंह राठोर, वडा नम्बर १० का अध्यक्ष बिन्दुभुषण बस्नेत, वडा नम्बर १३ का अध्यक्ष बिरेन्द्र शाह, वडा नम्बर ६ का अध्यक्ष समिर सिंह, वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल, पुर्ब भलिबल प्रशिक्षक लाल बहादुर मल्ल लगायतलाई प्रशंसापत्रसहित खादा ओढाएर सम्मान गरिएको थियो । प्रमुख अतिथि मैनालीले खेल क्षेत्रको बिकासका लागि सबैले हातेमालो गरि अगाडि बढ्नु पर्ने आवश्यक्ता रहेकोमा जोड दिनुभयो । बिशिष्ठ अतिथि ओलीले आगामी बर्ष नेपालगन्जमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउनका लागि जनप्रतिनिधीहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला खेलकुद बिकास समिती बाँकेका अध्यक्ष आतंक बस्नेत, उपनिर्देशक बिक्रम जंग थापा, बरिष्ठ फुटबल प्रशिक्षक श्याम कुमार श्रेष्ठ लगायत खेलकर्मी, खेलकुदका प्रशिक्षक एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

  • २४ भाद्र २०७४, शनिबार १९:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित