मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल शिक्षक संघ नेपालगन्ज नगर अध्यक्षमा कञ्चन आचार्य निर्विरोध निर्वाचित
  • मार्गरेखा संवाददाता

  • नेपाल शिक्षक संघ बाँके स्थानीय तह नेपालगन्ज नगरको अध्यक्षमा कञ्चन आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ ।

    शनिबार सम्पन्न नेपाल शिक्षक संघ बाँके स्थानीय तह नेपालगन्ज नगरको प्रथम अधिवेशनबाट आचार्य अध्यक्षमा चयन हुनुभएको हो । नगरको उपाध्यक्षमा मुन्ना सिंह, महिला उपाध्यक्षमा चन्दा केसी, सचिवमा राजेश कुमार यादव र अर्थ सचिवमा हरिहर दिक्षित निर्विरोध चयन हुनुभएको नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष विरेन्द्र कुमार यादवले जानकारी दिनुभयो । सह–सचिवमा कोपिला अधिकारी, महिला सह–सचिवमा रुपमा चटर्दी, समावेशी सह–सचिवमा रामनाथ बर्मा, बुढेश जैसवाल, अर्थ सह–सचिवमा हृद्यनारायण यादव र उप–सहसचिवमा निर्मला सुवेदी निर्विरोध चयन हुनुभएको छ ।

    २३ कार्यसमीती सदस्य समेत निविरोध चयन भएका छन् । अधिवेशनको एक कार्यक्रमका बिच नेपाली काँग्रेस नेपालगन्ज नगरका सभापती प्रशान्त विष्टले उद्घाटन गर्नुभएको थियो । बाँकेमा शिक्षक संघले संघिय सरचना अनुसार आफ्ना कमिटी बनाउन सुरु गरेको हो ।

  • २४ भाद्र २०७४, शनिबार २०:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित