मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सेवा प्रा.लि.द्धारा कोहलपुरमा वृक्षारोपण
  • मार्गरेखा संवाददाता

  • कोहलपुरमा सेलाउँदै गएको हरित नगर अभियानले पुन तिब्रता पाएको छ । बिभिन्न संघसंस्थाहरुको संस्थागत पहलमा कोहलपुरलाई हरित नगरको रुपमा चिनाउने प्रयास थालिएको छ ।
    यसअघि कोहलपुर नगरपालिकाले हरित नगरका लागि अभियान नै संचालन गरेको थियो । अद्यपी नगरपालिकाले संचालन गरेको अभियान प्रभावकारी नभएको भन्दै स्थानियस्तरमै बिरोध भएको थियो । कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत कोहलपुर मुख्य बजार क्षेत्रमा नगरपालिकाको पहल तथा लगानीमा गमलामा बृक्षहरु रोपिएको थियो । तर हरित नगरको बहानामा गमलामा रुख रोपेर बजेट खेर फालेको आरोप खेप्दै आएको नगरपालिकाले आफैले रोपेका बृक्षहरुको संरक्षण नगर्दा अधिकाशं बृक्षहरु सुकेर गएका छन भने गमलाहरु डस्विनमा परिणत भएका छन ।

    नगरपालिकाले पुरा गर्न नसकेको जिम्मेवारी पुरा गर्ने अठोटका साथ पछिल्लो समय कोहलपुरमा सक्रिय बिभिन्न संघसंस्थाहरु बृक्षारोपण कार्यतर्फ अग्रसर भएका हुन । यसैबिच सेवा प्रा.लि. ले शनिबार कोहलपुर–नेपालगञ्ज सडक बिचमा रहेको खाली ठाँउमा बृक्षारोपण गरेको छ । कोहलपुर एन.टि.भी रोड नजिकै २० प्रजातीका बृक्षहरु रोपिएको र त्यसको संरक्षणका लागि तारजालीको समेत ब्यवस्था गरिएको सेवा प्रा.लि. का प्रवन्धक समा बज्राचार्यले जानकारी दिएकी छन ।
    सेवा प्रा.लि. को नेतृत्वमा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, कोहलपुर नगर विकास समितिका अध्यक्ष अबराज खड्का लगाएत जनप्रतिनिधी तथा स्थानियहरुले संयुक्त रुपमा बृक्षारोपण गरेका थिए ।

    जिल्ला सहकारी संघ बाँकेले कोहलपुरमा संचालन हुँदै आएको हरित अभियानमा एैकेवद्धता जनाएको छ । जिल्ला सहकारी संघ बाँकेले कोहलपुर चौराहदेखि हवलदारपुरसम्म बृक्षारोपण कार्यक्रम संचालन गर्दै आएको जनाएको छ ।
    जसअन्तर्गत शनिबार जिल्ला सहकारी संघको नेतृत्वमा बसोवास महिला बचत तथा ऋृण सहकारी संस्थाले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले कोहलपुर बजार क्षेत्रमा पाँच प्रजातीका बिरुवाहरु रोपेको र त्यसको संरक्षणका लागि तारजालीको समेत ब्यवस्था गरिएको संस्थाका ब्यवस्थापक ओम जङ्ग शाहीले जानकारी दिए ।
    जिल्ला सहकारी संघले अभियानमा सहभागी हुन कोहलपुरमा संचालनमा रहेका सबै सहकारीलाई आह्वान गरेको र सोही अनुसार अधिकाशं सहकारीले बृक्षारोपण गरिरहेको जिल्ला सहकारी संघ बाँकेका कार्यसमिति सदस्य नवराव उपाध्यक्षले जानकारी दिए ।

     

  • २४ भाद्र २०७४, शनिबार २०:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित