मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बालविद्याको स्वागत कार्यक्रम सम्पन्न
  • मार्गरेखा संवाददाता

  • बालविद्या आवासिय मा.वि. कोहलपुरमा अध्ययनरत विद्यार्थिहरुले ११ कक्षामा भर्ना हुन आएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरेका
    छन । शनिबार बृहत कार्यक्रमको आयोजना गरेर १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुले नयाँ छात्र, छात्रालाई स्वागत गरेका हुन ।
    बिगत लामो समयदेखी संचालनमा आएको उक्त विद्यालयले हरेक वर्ष नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै आएको छ । त्यसैको निरन्तरता स्वरुप शनिबार स्वागत कार्यक्रमको आयोजना गरिएको विद्यालयका निर्देशक गोविन्द सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार नयाँ ब्यवस्थापनका साथ संचालनमा आएको विद्यालयले आप्mना नयाँ विद्यार्थीहरुलाई भब्यताका साथ स्वागत गरेको हो ।
    विद्यालय संचालक समितिका अध्यक्ष पदमा खड्का अध्यक्षमा आयोजना गरीएको स्वागत कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र÷छात्राले साँस्कृतीक प्रस्तुती समेत प्रस्तुत गरेका थिए । विद्यालयका प्रमुख निर्देशक सुरज रिजालको प्रमुख आतिथ्यतामा कोहलपुरस्थित पार्टि प्यासेलमा स्वागत कार्यक्रमको आयोजना गरिएको थियो ।

  • २४ भाद्र २०७४, शनिबार २०:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित