मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एमाले नक्कली राष्ट्रवादी हो, सिके राउत र ओली एउटै शक्ति केन्द्रबाट परिचालित छन् काँग्रेस नेता खाँण
  • मार्गरेखा संवाददाता

  • भैरहवा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली नेता बालकृष्ण खाँणले एमाले अध्यक्ष केपी शर्मा ओली र तराई अलग गराउने आन्दोलनमा सक्रिय सिके राउत उस्ता उस्तै भएको टिपपणी गरेका छन् ।
    ओलीले काठमाडौ र पहाडमा बसेर तराई बासिलाई गाली गर्ने र राउतले तराईमा बसेर पहाडी हिमाली समुदायलाई गालीगलौज गर्दै दुवै राष्ट्रीय अखण्डता र राष्ट्र बिखण्डनमा लागेको उनको आरोप छ ।
    बिपी कोईरालाको १०३ औ जन्मजयन्ती तथा निर्वाचीत जनप्रतिनीधीको सम्मानमा नेपाली काँग्रेस रुपन्देहीले शनिवार भैरहवामा आयोजना गरेको कार्यक्रममा नेता खाँणले राष्ट्रियता कमजोर पार्दै बिखण्डनमा लाग्नेहरु राष्ट्रबादी हुनै नसक्ने जिकीर गरे । सिमाको रक्षा र राष्ट्रिय स्वाभीमान उचो राख्न हिमाल, पहाड, तराई, पुर्वमेचीदेखी पश्चिम महाकाली र मर्चवारदेखी मुस्तानसम्म बस्ने सवै नेपालीको उत्तीकै योगदान रहेको चर्चा गर्दै उनले राष्ट्रियताको रक्षा गर्नेहरुलाई बिभाजन गरी मुलुकलाई कमजोर बनाउन एमाले अध्यक्ष ओली र राउत लागेको दावी गरे ।
    ‘उत्तरी सिमानामा समस्या आउदा त्यहीका बासिन्दा लड्ेका छन्, भने दक्षीणमा समस्या पर्दा त्यहीका बासिन्दा लडेका छन् । सवै नेपाली राष्ट्रियता बलीयो बनाउन लागेका छन् । उनले भने –नेपालीको सम्मान र राष्ट्रियता बलीयो बनाउनुको सट्टा एउटा काठमाडौमा बसेर मधेसलाई गाली गर्छ, अर्कोले जनकपुरबाट तराई अलग गराउछु भन्छ । यि दुवैका क्रीर्याकलाप र अभीब्यत्ती राष्ट्र हित बीपरीत छन् ।’
    बिदेसी दुताबासबाट चुनावखर्च बुझेर छिमेकीलाई गाली गर्दै हिड्ने र निश्चित समुदायलाई अपहेलना गरी हिड्ेदैमा राष्ट्रबादी हुन नसकीने उनले प्रस्टाए । एमालेका कुन नेताले कुन दुताबासबाट चुनाव खर्च भन्दै कती लिएका छन् भन्ने जानकारी आफु रक्षामन्त्री हुदाँ पाएको भन्दै उनले यो उघ्रता र नक्कली राष्ट्रबाद नरोकीए सार्वजनीक गर्ने समेत चेतावनि दिए ।
    नक्कली राष्ट्रबाद र उग्रपनाले मुलुक कमजोर बन्दै गईरहेको भन्दै उनले अब सवै नेपालीले गभींर भएर सोच्नु पर्ने बेला आएको बताए ।
    हिजो राजाले देसलाई कमजोर पार्दै आफु शक्तीसाली बन्न खोज्दा राजतन्त्र सकीएको र अहीले एमाले अध्यक्ष ओलीले त्यही मार्ग अवलम्वन गर्दै राष्ट्रिय एकतालाई कमजोर पारी आफु शक्तीसाली बन्न खोजीरहेको उनले जनाए । यस्ता अतीबाद र नक्कली पनाले मुलुक झन कमजोर हुदै जाने भन्दै उनले बेलैमा कमजोरी सुधार गरी राष्ट्रिय एकता कायम गर्न तर्फलाग्न सुझाव दिए ।
    खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले काँग्रेस सस्तो लोकप्रीताबादी पार्टी नभई मुलुकलाई बलीयो बनाउन र राष्ट्रिय उकता कायम राख्न राष्ट्रलाई बलीयो बनाउने र तयसकोलागी सवै नेपालीलाई सम्मान गर्नुपर्छ भन्ने मान्यताबाट निर्देसित भएको बताए । सचिव रामकृष्ण खाँणको सचांलन, कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेको स्वागतमा भएको कार्यक्रममा निर्वाचीत जनप्रतिनीधीहरुलाई सम्मान गर्दै जनभावना बुझेर जनताको हितमा काम गर्न निर्देसन समेत दिईएको थियो । नेपाल पानाबाट

     

  • २५ भाद्र २०७४, आईतवार १०:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित