प्रेस सेन्टर बाँकेले १ लाखको अक्षय कोष स्थापना गरेको छ । जिल्लामा सक्रिय पत्रकारीता गर्दै आएका संचारकर्मीहरुलाई सम्मान गर्ने उद्धेश्यले आईतबार अक्षय कोष स्थापना गरिएको हो ।
माओवादी केन्द्र बाँकेकी नेतृ कृष्णा के.सी. (नमुना) को स्वर्गिय आमाको स्मृतीमा अक्षय कोषका लागि ५० हजार सहयोग रकम उपलब्ध गराउने उद्घोष गरेकी हुन । आईतबार आप्mनी आमाको तेह्रौ दिनको पूण्य तिथिका अवसरमा केसीले अक्षय कोषका लागि ५० हजार सहयोग रकम प्रदान गर्ने घोषणा गरेकी हुन ।
केसीद्धारा प्रदान गरिएको रकममा ५० हजार थप गरि सेन्टरले अक्षय कोष स्थापना गरेको प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले जानकारी दिए । धितालका अनुसार अक्षय कोषबाट प्रत्येक वर्ष पत्रकारीता पेशामा सक्रिय एक संचारकर्मीलाई पुरस्कृत गरीने छ ।