आज आईतबार दिउसो साढे चार बजे नेपालगन्जको पुष्पलाल चोक नजिकै आगालागि भएको छ । मोटरसाईकल बनाउने ग्यारेजबाट सुरु भएको आगलागी चियापसल, हर्डवेयर पसलमा फैलिएको थियो ।
बाकेका प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङका अनुसार अम्बे मोर्टर पार्टसमा मोटरसाईकल बनाउने क्रममा निस्केको आगोको झिल्कोले आगो फैलिएको हो । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको छ । आगलागी मोटरसाईकल ग्यारेजमा काम गर्ने मिस्त्रीको लापरबाहीले लागेको हुन सक्ने प्रहरी बाँके प्रहरीको दाबी रहेको छ ।