नेपाल राष्ट्र बैंकको मध्यपश्चिम क्षेत्रीय कार्यालय कोहलपुरमा निर्माण हुने भएको छ । कोेहलपुर नगर विकासले उपलब्ध गराएको ५ बिगाह जग्गामा बैंकले गोदाम निर्माण गर्ने तयारी थालेको छ ।
देश संघीय संरचनामा गएपछि राष्ट्र बैंकले त्यसैलाई आधार मान्दै कोहलपुरमा क्षेत्रीय कार्यालय स्थापना गर्न लागेको हो । पहिलो चरणमा आप्mनो क्षेत्रफल सुनिश्चित हुनेगरी सो क्षेत्रमा बाउन्डरी वाल निर्माण गर्न लागिएको राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारबाट सामान्य सेवा विभागका उपनिर्देशक हिम प्रसाद न्यौपाने जानकारी दिए ।
बैंकलाई जग्गा उपलब्ध गराउने क्रममा केही विवाद उत्पन्न भएपनि सर्वपक्षिय सहमतीमा विवाद टुङ्गीएको कोहलपुर नगर विकास समितिका अध्यक्ष अबराज खड्काले जानकारी दिए । बैंकलाई उपलब्ध गराएको जग्गासँगै जोडेर पूर्व–पश्चिम बाटो खोल्ने क्रममा नजिकै रहेको शिव मन्दिरको संरचना बिग्रने भन्दै मन्दिर बयवस्थापन समितिले
बिरोध जनाएको थियो । तर मन्दिरलाई नजिकै पुनस्थापना गर्ने सहमती भएपछि बिवाद टुङ्गीएको खड्काले जानकारी दिए ।
विवादकै कारण राष्ट्र बैंकले कोहलपुर नगर विकास समितिलाई उपलब्ध गराउने भनिएको ८ करोड ५० लाख रकम समेत रोकिएको थियो । तर नगर विकास समितिको नयाँ कार्यसमितिको नेतृत्वमा समस्या समाधान गरिएपछि बैंकले आप्mनो प्रक्रियालाई अगाडी बढाएको छ ।
आइतबार मात्रै नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारबाट सामान्य सेवा विभागका उपनिर्देशक हिम प्रसाद न्यौपानेको नेतृत्वमा प्राविधिक सहितको टोली आई जग्गाको अवलोकन र शिव मन्दिरको बारेमा नगर विकास समितिले गरेको सहमतीका बारेमा जानकारी लिएको थियो ।
न्यौपानेले जग्गाको लेभल मिलाउनलाई डिजाइनिङ भइसकेको जानकारी दिदै दशै तिहार लगत्तै भवन निर्माणका लागि टेण्डर खोलिने बताए ।