मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

असहाय र अनाथ बालबालिकालाई बिद्यार्थि सोयिबा सिद्दिकीले शैक्षिक सामाग्री सहयोग
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, । समाज विकास प्रवद्र्धन केन्द्रमा आश्रित रहेका ९ जना अनाथ र असहाय बालबालिकालाई नेपालगञ्जका एक बिद्यार्थीले आफ्नै पहल र प्रयासमा शैक्षिक सामाग्री संकलन गरेर उपलब्ध गराउनु भएको छ ।
    नेपालगञ्ज उपमहानगरपालिका २ निवासी बिद्यार्थि सोयिबा सिद्दिकीले जानकी गाउँपालिकामा रहेको समाज विकास प्रवद्र्धन केन्द्रमा आश्रित रहेका ९ जना अनाथ र असहाय बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने गरी शैक्षिक सामाग्री संकलन गरेर उपलब्ध गराउनु भएको हो ।
    बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, नेपाल बिद्यार्थि संघ बाँकेका कार्यसमिति सदस्य विवेक मल्ल, समाज विकास प्रवद्र्धन केन्द्रका अध्यक्ष मिन बहादुर अर्याल र सोबिया सिद्दिकी लगायतले ती बालबालिकालाई सो शैक्षिक सामाग्री एक कार्यक्रममा बितरण गर्नु भयो ।
    अनाथ र असहाय ती ३ जना बालक र ६ जना बालबालिकालाई उपलब्ध गराईएको शैक्षिक सामाग्रीमा हरेकलाई एक थान ब्याग, १२ वटा कपी, एक ड्राइंग कपी, एक डिब्बा पेन्सिल, एक डिब्बा कलर, एक थान मोबाइल गेम, रबर, कटर, ग्लुस्टिक र टेप रहेका छन् ।
    शैक्षिक सामाग्री पाउने बालबालिकाहरुमा रोशन आहुजी, अर्जुन क्षेत्री, अरुनिमा थारु, दुर्गा क्षेत्री, हरा आहुजी, सुवेदना थारु, धनमाया पुन, सुमिता थारु र मुमा डांगी रहेका छन् ।
    शैक्षिक सामाग्रीको अभावले केन्द्रमा आश्रित रहेका बालबालिकाको पठनपाठनमा समस्या भैरहेकोले उनिहरुको पढाईलाई निरन्तरता दिन आफुले आफ्नै पहलमा सो शैक्षिक सामाग्री संकलन गरेर उपलब्ध गराएको बिद्यार्थि सिद्दिकीले बताउनु भयो ।
    केन्द्रमा आश्रित रहेका अनाथ र असहाय बालबालिकाहरुलाई सहयोगको अतिनै खाँचो रहेको महसुस गरेर नै आफुले सो कार्य गरेको उहाँको भनाई छ ।
    सो अवसरमा बोल्दै समाज विकास प्रवद्र्धन केन्द्रका अध्यक्ष मिन बहादुर अर्यालले अभिभावकविहिन अवस्थामा रहेका असहाय र अनाथ बालबालिकालाई सहयोगका लागि आफुले सबैतिर धेरै प्रयास गरेपनि प्रयाप्त सहयोग नपाको जनाउँदै ती बालबालिकाको पालनपोषणमा समस्या भैरहेको बताउनु भयो ।
    १० देखि १४ बर्षसम्म उमेरका ती ९ जना बालबालिकाहरु २ देखि १० कक्षासम्म नेपालगञ्जका २ वटा सरकारी बिद्यालयमा अध्ययन गरिरहेका छन् ।

  • २८ भाद्र २०७४, बुधबार ०५:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित