मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

२ नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेदवारहरुको उम्मेदवारी नै रद्द गर्ने चेतावनी
  • मार्गरेखा संवाददाता

  • प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले निर्वाचन आचारसंहिता जारी अवस्थामा सरकारले हालै गरेको मन्त्रिमण्डल बिस्तारमा आयोगको पूर्ण ध्यानाकार्षण भएको भन्दै उनले आफूले प्रधानमन्त्रीलाई कारबाही गर्न नमिल्ने भनाई राखे।
    ‘के गर्नु प्रधानमन्त्रीलाई कारबाही गर्नु भएन, यसबारेमा हाम्रो ध्यानाकर्षण भएको छ, बस त्यती हो,’ उनले भने,‘प्रधानमन्त्रीज्यूलाई कारवाही तथा जरिवाना गर्न मिल्दैन्, तर यसको मतलव आयोग निरीह भने छैन।’ यस्तै उनले निर्वाचन आचार संहिता उल्लंघनबारे उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग स्पष्टिकरण समेत मागिएको बताए। उनले भने,‘राष्ट्रिय नेताहरुले स्पष्टिकरण दिनुभएको छ, उहाँहरुको जवाफमा आचारसंहिताको पूर्ण पालना गर्छौ भनेर प्रतिबद्धता आएको छ।
    २ नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेदवारहरुको उम्मेदवारी नै रद्द गर्ने चेतावनी दिएका छन्।
    बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेदवारहरुले भोजभतेर गरेर चुनावी प्रचारप्रसारमा तडकभडक गरेको प्रमाण फेला परे उम्मेदवारी नै रद्द गरिदिने चेतावनी दिएका हुन्।
    उनले भने,‘चुनावमा उम्मेदवारहरुले व्यापक खर्च गरिरहेका छन् भन्ने कुरा आएको छ, तर अहिलेसम्म हामीले कुनै प्रमाण फेला पारेका छैनौं, यदि कसैले हामीलाई फोटोसहित प्रमाण दिनुहुन्छ भने हामी अन द स्पट कारबाही गर्छौं, उम्मेदवारहरुको उम्मेदवारी नै खारेजसम्म गरिदिन्छौं।’ यद्धपी उनले मधेशमा अहिले सामाजिक–साँस्कृति पर्व चलिरहेकोले ती पर्वमा गरिने सामान्य भोजभतेरलाई अन्यथा लिन नहुने धारणा राखे।
    रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै उनले उम्मेदवारहरुले खर्च गरेको भए ती उम्मेदवारहरुलाई समेत पहिचान गरेर आयोगलाई दिन सञ्चारकर्मीहरुसँग आग्रह गरे।
    यादवले भने,‘तर अहिले सम्पन्नतातिर लम्कँदैछ, सबै धनी हुनु त राम्रो हो, अब धनी भैसकेपछि प्रतिष्पर्धा हुनु स्वभाविक हो।’’
    यादवले आयोगले आचारसंहिता छिटो नलगाएको समेत जिकिर गरे। उनले भने,‘हामीले निर्वाचन आउनुभन्दा ८६ दिन अघिमात्रै आचारसंहिता लगाएका छौं, निर्वाचनको मिति घोषणा भएपनि आचारसंहिता लगाउने अधिकार हाम्रो हो, संसदले पारित गरेको निर्वाचन र कानुनलाई सबैले पालना गर्नुपर्छ।
    उनले मतदाता परिचयपत्र लिएर मतदान गर्न मतदाताहरू उत्साहित भएको भन्दै उनीहरूलाई उत्साहित पार्ने काम पनि भइरहेको बताए। मतदाता शिक्षाको काममा पनि आयोग लागिरहेको बताए।
    अधिकांश अधिकृतहरू निर्वाचन क्षेत्रमा पुगेको स्मरण गराउँदै यादवले भने,‘२९, ३० र ३१ गते मतदाता परिचय पत्र लिन आउनेलाई उचित शिक्षा दिन हाम्रा साथीहरू लागिरहनुभएको छ।’
    यादवले निर्वाचनलाई जनताहरुले उत्साहको रुपमा लिएको उल्लेख गर्दै भने,‘अहिलेसम्म कुनै अप्रिय घट्ना घटेका छैनन्, अकल्पनीय कुरा पनि आएका छैनन्, हामी निर्वाचन सफल बनाउन लागिरहेका छौं।’ निर्वाचन सफल बनाउनको लागि उनले सहयोगी हातहरुको खाँचो रहेको भन्दै नागरिक समाज र पत्रकारहरुसँग विशेष आग्रह गरे।

  • २८ भाद्र २०७४, बुधबार १७:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित