मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विकास र समृद्धिको अभियान कांग्रेस कै नेतृत्वमा बरिष्ठ नेतापौडेल
  • मार्गरेखा संवाददाता

  • वीरगञ्ज पर्सा ३० भदौ । नेपालीकाँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीको स्थापना र स्थायित्वको नेतृत्व गरेको नेपालीकांग्रेसले आर्थिक विकास र समृद्धिको पनि नेतृत्वगर्ने बताउनुभएको छ ।

    पर्साको पोखरीयामा शुक्रवार आयोजित चुनावीसभालाई सम्बोधनगर्ने क्रममा नेता पौडेलले नेपालका विभिन्न कालखण्डमा देशबाट जहाँनियाशासक राणादेखि लिएर राजालाई समेत हटाई मुलुकमा लोकतन्त्र ल्याउनका लागि ऐतिहासिक आन्दोलनको नेतृत्व नेपालीकाँग्रेसले गरेको र काँग्रेसका कारणले लोकतान्त्रिक पद्धति स्थापित भएको दाबीगर्नुभयो ।

    उहाँले देशको विकासकालागिकाँग्रेसको नेतृत्वअपरिहार्य रहेको उल्लेख गर्दै विकास र समृद्धिको परिकल्पना र कार्यक्रम नेपाली कांग्रेस संग मात्र भएकोले यस अभियानको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्ने बताउनुभयो ।

    उहाँले सबैको मुहारमा खुशील्याउनका लागि स्थानिय निकायमा नेपालीकांग्रेसका उम्मेद्वारलाई जिताउनु पर्ने जिकिर पनिगर्नुभयो ।

    कार्यक्रममा नेपालीकाँग्रेसका नेता तथा साँसद राजेन्द्रबहादुर अमात्य, नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयचौरसिया, पूर्व जिल्ला सभापतितथा नेपालीकांग्रेसका नेता जनार्दन सिँह क्षेत्री, नेताहरु रामेश्वर रौनियार, श्याम पोखरेल लगायतका नेताहरुले सम्बोधनगर्नुभयो ।

  • ३० भाद्र २०७४, शुक्रबार १४:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित