प्रेस सेन्टर नेपाल बाँके शाखाले प्रेस स्वत्रन्त्रता सेनानी एवं शंखनाद साप्ताहिकका सम्पादक रामगोपाल बैश्यको उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचारत वैश्यलाई सेन्टर बाँकेका अध्यक्ष डक्ट धिताल सहितको टोलीले शुक्रबार सहयोग रकम प्रदान गरको हो ।
लामो समयदेखि अस्वस्थ रहेका वैश्यलाई थप समस्या देखिएपछि बिहिबार अस्पताल भर्ना गरिएको वैश्यका छोरा तथा आजको सामना साप्ताहिकका सम्पादक अजग कुमार गुप्ताले जानकारी दिए ।
सहयोग रकम बुभ्mदै गुप्ताले प्रेस सेन्टरले राम्रो संस्कारको सुरुवात गरेकोमा खुसी ब्यक्त गरेका थिए । उनले सहयोगी हात बढ्दै गएको खण्डमा प्रेस स्वतन्त्रता सेनानी वैश्यको उपचारमा सहजता आउने विश्वास समेत ब्यक्त गरे ।