मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

चेतनामूलक अभियानमा बाँके युनेस्को क्लबको योगदान सबैभन्दा बढी
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, ३१ भदौ / बाँके युनेस्को क्लबको २८ औं साधारणसभा बिबिध कार्यक्रम र निर्णयहरु गरेर शनिवार सम्पन्न भएको छ ।
    साधारणसभाको उदघाटन गर्दै युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य तथा वरिष्ठ समाजसेवी हरिबंश किरातले बाँके युनेस्को क्लबले देशभरीकै युनेस्को क्लबहरुको मान सम्मान बढाउन सफल भएको जनाउँदै देशकै सबैभन्दा अग्रणी क्लब समेत रहेको बताउनु भयो ।
    आफ्नो स्थापनाकालदेखिनै क्लबले बाँके लगायत यस क्षेत्रका बिभिन्न जिल्लाहरुमा शिक्षा, स्वास्थ्य र अन्य चेतनामूलक कामहरु गर्दै आएको जनाउँदै उहाँले क्लबको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
    देशको बदलिंदो परिवेशमा बाँके युनेस्को क्लबजस्ता गैर सरकारी संघसंस्थाहरुको भूमिका स्थानीय तहमा निकै महत्वपूर्ण हुने जनाउँदै उहाँले क्लबले अझै शसक्त भएर अगाडी बढ्नु पर्ने सुझाव दिनु भयो ।
    नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य झलक गैरेले बाँकेको शिक्षा, बाल अधिकार र अन्य बिभिन्न चेतनामूलक अभियानमा बाँके युनेस्को क्लबको योगदान सबैभन्दा बढी रहेको बताउनु भयो ।
    सो अवसरमा बोल्दै प्रारम्भिक कक्षा पढाई कार्यक्रमका मध्यपश्चिम फिल्ड संयोजक बखत भण्डारीले बाँकेमा कुनै पनि सामाजिक गतिविधि गर्नु परे सबैभन्दा पहिले सबैले बाँके युनेस्को क्लबलाई नै खोज्ने गरेको जनाउँदै क्लबले आफुलाई अग्रस्थानमा राख्न सफल भएको बताउनु भयो ।
    यस्तै सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत फुल कुमारी चौधरीले कुनै पनि समुदायमा काम गर्दा बाँके युनेस्को क्लबले सहज र सरल तरिकाले काम गर्ने क्षमता विकास गरेको उल्लेख गर्नु भयो ।
    मदरसा बरकातियाका संचालक मौलाना जियाउल मुस्तफा नुरानीले नेपाल भरीकै मदरसाहरुलाई मूल प्रवाहमा ल्याउन र मदरसा ईस्लामिया संघको गठनमा क्लबले खेलेको भूमिका ईतिहासमा दर्ज भैसकेको बताउनु भयो ।
    क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले क्लबले बिगत २८ बर्षको दौरानमा गरेका उल्लेख्य कामहरुको जानकारी गराउँदै क्लबले बाँकेका वासिन्दा, विभिन्न समुदाय, राजनितिकदलहरु र सरकारी तथा गैर सरकारी क्षेत्रबाट पाएको सहयोगको सराहाना गर्नु भयो ।
    सो अवसरमा बाँके युनेस्को कलबका वरिष्ठ सल्लाहकार निरज गौतम, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु, जिल्ला बाल क्लब संजालका सल्लाहकार साहिल अन्सारी, बाल क्लब संजालका अध्यक्ष, बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष लगायतले क्लबले गरेको कार्यहरुको चर्चा गरेका थिए ।
    सो अवसरमा उल्लेख्य कार्य गर्ने क्लबका बिभिन्न पदहरुमा कार्यरत कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
    क्लबका महासचिव मिना भुषालले संस्थाको बार्षिक तथा आर्थिक प्रगति बिवरण प्रस्तुत गर्नु भएको थियो भने उद्घाटन समारोह माया चौधरीले संचालन गर्नु भएको थियो ।

     

     

  • ३१ भाद्र २०७४, शनिबार १९:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित