मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको कचनापुरका ४ सय १० बाढीपिडित परिवारलाई २५ लाखको राहात बितरण
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, असोज १ गते । राप्तीसोनारी गाउँपालिका–२ कचनापुरमा आएको बाढीबाट घरबारविहिन भै पूर्ण रुपमा क्षति ब्यहोरेका ४ सय १० परिवारलाई आइतवार २५ लाख रुपैयाँको राहात बितरण गरिएको छ ।
    सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले कचनापुरका ती बाढीपिडित परिवारलाई टिकलीपुरको पाराचौरमा सो राहात वितरण गरेको हो ।
    सो अवसरमा हरेक पिडित परिवारलाई ३ वटा खाना पकाउने अल्मुनियमको डेक्ची, २ वटा स्टीलको डाडु पन्यु, ६ वटा स्टीका गिलास, ६ वटा स्टीलका कचौरा, ६ वटा स्टिलका प्लेट, एउटा प्लाष्टिकको बाल्टी, एक मग, २ थान ठुलो कम्बल, एक थान सानो कम्बल, २ वटा त्रिपाल, २ वटा ओछाउने म्याट र एक बण्डल डोरी बितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले जनाएका छन ।
    उहाँले सो वडाका ४ सय १० पिडित परिवारलाई प्रति परिवार ६ हजार ३ सय १४ रुपैयाँ बराबरको गरी २५ लाख ८८ हजार ६ सय ४ रुपैयाँको राहात सामाग्री बितरण गरिएको बताउनु भयो ।
    राहात वितरणको शुभारम्भ गर्दै राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनी कुमारी खत्रीले गत २८ गते आएको बाढीले कचनापुरका ४ वटा गाउँका ४ सय १० परिवारको घर पूर्णरुपमा बगाउँदा ठुलो क्षति भएकोले यो राहातले उनिहरुलाई धेरै सहयोग पुग्ने बताउनु भयो ।
    उहाँले सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले बितरण गरेको खाना पकाउने र खाने भाडा बर्तनहरु तथा त्रिपाल र कम्बलले पिडितलाई जिवनयापनमा सजिलो हुने बताउनु भयो ।
    कचनापुर–२ का वडा अध्यक्ष मदन वलीले कचनापुरका बाढी पिडितलाई राहात पुरयाएर बितरण गरेकोमा बाँके युनेस्को क्लब र सेभ द चिल्ड्रेनप्रति आभार प्रकट गर्नुभयो ।
    उक्त अवसरमा युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य तथा वरिष्ठ समाजसेवी हरिबंश किरात, बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, क्लबका वरिष्ठ सल्लाहकार निरज गौतम, क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, नेपाल रेडक्रस सोसाइटीका प्रहलाद बिश्वकर्मा लगायतले राहात वितरण गर्नु भएको थियो ।
    राहात पाएपछि अधिकांश पिढित परिवारका अनुहारमा खुशीको चमक देखिएको थियो भने उनिहरुले बितरण गर्ने संस्थाप्रति आभार ब्यक्त गरिरहेका थिए ।

     

  • १ आश्विन २०७४, आईतवार १७:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित