मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तरुण दल बाँके क्षेत्र नं १ को स्वास्थ्य शिविर सम्पन्न
  • मार्गरेखा संवाददाता

  • नेपाल तरुण दल बाँके क्षेत्र नम्बर १ ले बाँकेका बाढि प्रभावित क्षेत्रमा बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
    भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्राविधिक सहयोग रहेको शिविरमा बाँढी
    तथा डुवानबाट प्रभावित राप्ती सोनारी गाँउपालिका अन्तर्गतको फत्तेपुरमा नाक, कान, घाँटी विशेषज्ञसहितको टोलीले
    ६ सय बढि स्थानियको स्वास्थ्य परिक्षण
    गरेको थियो ।
    नेपाल तरुण दल बाँके क्षेत्र नं. १ का सभापती दिग्बिजय जङ्ग राणाले नेपाली काँग्रेस मुलुकको लोकतान्त्रीक ब्यवस्था प्रणालीमा अग्रणी भुमिका खेलेको दल भएकाले मुलुकका हरेक जनतासँग प्रत्यक्ष अप्रत्यक्ष सुख, दुःखमा साथ दिदै
    आईरहेको ईतिहासलाई तरुण दलले
    निरन्तरता दिएको बताए ।
    कार्यक्रमका सभाध्यक्ष समेत रहेका
    रहेका राणाले मुलुकको हरेक सामाजिक रुपान्तरणमा काँग्रेसले खेलेको भुमिकाको चर्चा गर्दै मुलुकलाई समुनती तर्फ अग्रसर गर्ने राजनितिक दल काँग्रेस भएको हुनाले संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेसको भूमिकालाई सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।
    कार्यक्रममा नेपाली काँग्रेस बाँके जिल्ला कार्यसमिति नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिवद्धय तप्त पौडेल र बिनोद शर्मा, राप्ती सोनारी गाँउपालिकका अध्यक्ष लाहुराम थारुका साथै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

  • १ आश्विन २०७४, आईतवार १९:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित