कोहलपुर असोज १ । चेलीवेटी बेचविखन बाट मुक्त समाज भन्ने नाराका साथ मानव बेच विखन विरुद्ध माध्यमिक विद्यालय स्तरिय निवन्ध प्रतियोगिता कोहलपुरको लक्ष्मी मावि कोहलपुरमा सम्पन्न भएको छ ।
माइती नेपाल नेपालगंजको आयोजना तथा अस्टे«लियन दुतावासको सहयोगमा कार्यक्रमको आयोजना गरीएको थियो ।
सो निवन्ध प्रतियोगितामा कोहलपुर नगरपालिका र खजुरा गाउपालिका बाट गरी जम्मा ९ विद्यालयका माध्यमिक तहमा अध्ययनरत छात्राछात्रको उपस्थिति रहेको थियो । उक्त निवन्ध प्रयोगितामा ज्ञानोदय मावि खजुराकी छात्रा सान्तवना शर्मा प्रथम, ज्ञानज्योति माविकी सुनैना रावत द्धितिय , लक्ष्मी मावि कोहलपुरकी पुर्र्णीमा चौधरी तृतिय , र त्रिभुवन मावि कोहलपुरका प्रतिक सिलवालले सान्तवना पुरुस्कार प्रप्त गरेका थिए । पुरुस्कार वितरणको कार्यक्रम लक्ष्मी मावि कोहलपुरमा प्रधानध्यापक वद्रिनाथ सापकोटाको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथिमा सोहि विद्यालयकै शिक्षक अभिभावका संघ अध्यक्ष पदम राज पराजुली रहनु भएको थियो । कार्यक्रयमा माइती नेपाल नेपालगंजका सयोजक केशव कोइराला , ईश्वरी माविका एच गाउका प्रधानध्यापक राज कुमार सापकोटा, ज्ञानज्योति मावि वगौया कोहलपुरका ज्ञानु लम्साल लगाएतले मन्तव्य दिनु भएको थियो भने कार्यक्रममा ज्ञानोदय मावि खजुराका रुद्र बहादुर डागी, त्रिभुवन माविका केशवराज सिग्देल, योगिनी मावि गौघाटका खड्क देव शर्मा, , आर्दश मावि का उमादेवी उपाध्याय , पर्यटन पत्रकार संघ बाके सचिव मधु पौडेल, माइति नेपाल युवा संजाल कोषाध्यक्ष पुष्पा सुनार , युथ भिजन नेपाल बाकेका अध्यक्ष युवराज पोख्रेल , माइती नेपालका सुदिपा सापकोटा लगाएतको उपस्थिति रहेको थियो ।
मानव बेचबिखन बिरुद्ध बिभिन्न तरिकाले रोकथाम एवं जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएको माइती नेपालले यस्ता खालका प्रतियोगिताले बिध्यालय र बिध्यार्थी समेतमा यसका वारेमा चासो र सरोकार बृद्धि भई समुदाय स्तर सम्म सुचना प्रभाह भई मानव बेचबिखन बिरुद्ध सबैको क्रीयासिलता बृदि हुने हुदा यस्ता खालका कार्यक्रम उपलब्धि मुलक हुदै आएको जनाएको छ ।