बलिउड अभिनेता सलमान खान शुक्रबार जोधपुर जिल्ला अदालतमा हाजिर भएका छन् ।
अवैध हतियार राखेको मुद्धामा उनी अदालतमा हाजिर भएका हुन् । सलमान खानका वकिल हस्तिमल सरस्वतले जनाएअनुसार अदालतले खानसँग २० हजार रुपैयाँ धरौटी मागेको थियो ।
यस मुद्धाको अर्को सुनुवाई अक्टुबर पाँचमा हुनेछ । शुक्रबार मुद्धाका बारेमा बहस नभएको र धरौटी मात्रै बुझाइएको खानका वकिलले जनाएका छन् ।
खानलाई सन् १९९८ मा बिना लाइसेन्सको पेस्तोल राखेको र हरिण मारेको अभियोग लागेको छ ।