मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

चाड पर्वमा विशेष सुरक्षा योजना एआईजी लामा
  • मार्गरेखा संवाददाता

  • शरद रेग्मी
    असोज २ तुलसीपुर
    प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक मिङमार लामाले चाड पर्वमा विशेष सुरक्षा योजना लागु गरिने वताउनु भएको छ ।उहाले चाडपर्वमा हुन सक्ने नकारात्मक क्रियाकलापलाई प्रहरीले कडाईका साथ कदम चाल्ने पनि प्रष्ट पार्नु भयो । रोटरी क्लव अफ तुलसीपुर सिटीको गेष्ट स्पीकरका रुपमा कार्यक्रममा सहभागी हुनु भएका एआईजी लामाले यस क्षेत्रको शान्ति सुरक्षा मजवुत पार्न नागरिकहरुको पनि महात्वपूर्ण भुमिका हुने वताउनु भयो । उहांले नागरिक र प्रहरी विच सम्वन्ध सुमधुर हुन सके मात्रै समाजमा शान्ति स्थापना गर्न मद्धत पुग्ने वताउनु भयो । रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष तुफान वावु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले रोटरीले यस क्षेत्रमा गरेको सामाजिक कार्यको प्रसंसा समेत गरेका थिए । कार्यक्रममा क्लवका पूर्व अध्यक्षहरु विमल रिजाल, कुशल तर्ताल, विर वहादुर रावत, विजय के.सी. ललित वहादुर घर्ति, धर्मेन्द्र कुमार बैश्य, कोषाध्यक्ष सुरेश हमाल लगायतले वोल्नु भएको थियो । कार्यक्रमको संचालन महासचिव हेमन्त डांगीले गर्नु भएको थियो ।

  • २ आश्विन २०७४, सोमबार ११:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित