मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्राकृतिक विपती स्वयं मानव सिर्जीत विपती मेयर धलव सम्सेर राणा
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज असोज २ गते – प्राकृतिक विपदको सहज सामनाका लागि नेपालगञ्जमा जलवायु अनुकुल योजना तथा विपद व्यवस्थापन समिति निर्माण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले विपद विज्ञ, वडा अध्यक्षसहितको संमिति निर्माण गरेको हो । अक्सफामसँगको सहयोग तथा बि गु्रपसँगको सहकार्यमा नगरमा शहरी केन्द्रका लागि उत्थानशिलता अभिवृद्धि र जलवायु परिवर्तन अनुकलन कार्यक्रम सञ्चालनमा छ । सरकारको स्थानीय विपद जोखीम व्यस्थापन योजना तर्जुमा निर्देशीका अनजुसार यो समिति निर्माण गरिएको हो । प्राकृतिक आपत्कालिन खोज तथा उद्धार पुर्व तयारीका लागि यस अघि नै उपमहानगरपरिसरमा क्षेत्रीय स्तरको भण्डारगृह पनि सञ्चालनमा छ । नेपालगञ्जमा आज आयोजित एक समारोहबीच उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणाको संयोजकत्वमा उपमेयर उमाथापा मगरसहित वडा अध्यक्ष, कार्यपालिका सदस्य र सम्वद्ध विज्ञ, सम्वद्ध संस्था सदस्य रहने गरि समिति निर्माण गरिएको हो । समितिले जलवायु अनुकल विकास संरचना, योजना र बातावरण सिर्जना गर्नेछ ।
    उपमहानगरपालिका मेयर डा राणाले प्राकृतिक विपती स्वयं मानव सिर्जीत विपती भएकाले यसको रोकथाम र न्यूनीकरण एकल पहलले सम्भव नहुने भन्दै सामुहिक हातेमालोको आवश्यक्ता औल्याउनु भयो । विपतीबाट जोगीन स्वयं व्यक्ति पनि सम्वदेनशिल र सचेत रहनु पर्ने मेयर राणको सुझाव थियो । उपमेयर उमा थापामगरले विपद व्यवस्थापनमा स्थानीय समुदाय, सहयोगी संस्था र सरकारबीच समन्वय र सहकार्यको खाँचो रहेको बताउनु भयो ।

    जोखिम व्यवस्थापनको पुर्व तयारीले हरेक खाले जोखिम न्यून गर्न सकिने थापाले विश्वास व्यक्त गर्नु भयो । अक्सफाम परियोजना प्रवन्धक विमल गदालले उपमहानगरपालिकासागको सहकार्य र दिगोपनाका विषयमा बोल्नु भयो । अक्सफामका जिवन कासुलाले शहरीय विपद व्यवस्थापन, प्राविधिक सहजीकरण र मानवीय सहायता तथा स्वच्छ उर्जा नेपालका प्रवन्धक राजन थापाले अनुकलन योजनाको विषयमा प्रकाश पार्नु भएको थियो ।

    उपमहानगरपालिकाका प्रतिनीधी ओवीराज आचार्यले सञ्चालन गर्नु भएको कार्यक्रममा वडा अध्यक्ष, नागरिक समाजका अगुवा लगायतको सहभागिता रहेको थियो ।

  • २ आश्विन २०७४, सोमबार १७:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित