नेपालगञ्ज असोज २ गते – चौथो परिवार नियोजन दिवस मनाइएको छ । व्यवस्थित परिवार, स्वास्थ्य र विकासको आधार भन्ने नाराका साथ आज नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा कार्यक्रम गरिएको हो । उपमहानगरको हलमा आयोजित कार्यक्रममा बोल्दै मेयर डा धवल शमशेर राणाले परिवार नियोजन सुन्ने र सुनाउने विषय मात्र नभई स्वयं लागु गर्ने विषय भएको बताउनु भयो । नियोजनको महत्वका साथै यसको प्रभावकारी प्रयोगतर्फ तर्फ केन्द्रित हुन सबैलाई आहवान गर्नु भयो । उपमहानगरपालिका उपमेयर उमा थापा मगरले नियोजनको सहज सेवाले जीवनस्तर सुधार र सहज हुने विश्वास व्यक्त गर्नु भयो । उपमहानगरपालिका कार्यकारी अधिकृत भिम बहादुर कुवरले नगर स्वास्थ्य तथा परिवार नियोजन सेवा प्रभावकारी बनाउन हर सम्भव पहल भइरहेको दावी गर्नु भयो । परिवार नियोजनबारे आयुर्वेद प्रमुख डा भक्त बहादुर केसीको प्रस्तुती रहेको थियो भने वडा अध्यक्षहरुका तर्फबाट ओमकारनाथ मिश्रले शुभकामना व्यक्त गर्नु भयो । स्वास्थ्य सम्वद्ध संस्था, स्वास्थ्य कर्मी सहभागि कार्यक्रममा नगरमा सवै भन्दा बढी ७३ प्रतिशत परिवार नियोजन साधन प्रयोग दर पु¥याउन सफल उदयपुर हेल्थ पोष्ट इन्चार्ज टेक बहादुर केसीलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो । नगरमा १२ वटा हेल्थ पोष्ट रहेका छन् । कार्यक्रममा स्वागत मन्तव्य सरोज शाहले गर्नु भएको थियो ।