दुर्गा आर्चाय
बर्दिया असोज २ । मधुवन नगरपालिका बर्दिया प्रथम नगरसभा आइतबार सम्पन गरेको छ ।मधुवन नगरपालिका मेयर गणेश बहादुर क्षेत्रीले निती तथा कार्यक्रम प्रस्तुत गदै मधुवन नगर बासिन्दाहरुले आँखामा देखेको सपना सकार पार्नका लागी प्रथम सभाले मधुवन नगरको भबिष्यको खाका कोर्न बताउदै बधुवन नगरको बिकाशका लागी सबैले हातेमालो गनुपर्ने बताए । सभामा मधुबन नगरको समग्रहमा बिकाश गर्नका लागी नगरसभाबाट आर्थिक वर्ष ०७४।०७५ को कुल ४९ करोड २९ लाख ५८ हजार ७ सय ९९ बराबरको बजेट सार्वजनिक गरेको छ ।सभाले नगरपालिकाको पूँजीगत खर्च तर्फ २७करोड १८ लाख १८ ७सय९९हजार रकम विनियोजन गरेको छ भने सामाजिक सुरक्षा भत्ता, शिक्षा, स्वास्थ्य कार्यक्रम र नगरपालिकाको चालु खर्च सहित ४६करोड ५७ लाख ७८ हजार रकम विनियोजन गरेको छ । यसवर्ष नगरपालिकाले भौतिक सडक, खानेपानी, सिंचाई, , कृषि कार्यक्रम, पशु, स्वास्थ्य, लक्षित वर्ग कार्यक्रम र लागत सहभागीता लगाएतलाई मुख्य कार्यक्रम बनाएको मधुवन नगरपालिका कार्यकारणी अधिकृत धर्म न्यौपाले जनाएका छन ।