मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मिस कलेज–२०१७ को उपाधी जिभिएन माविकी पुष्पा उपाध्याय
  • मार्गरेखा संवाददाता

  • नेपालगन्जमा नाईल ईभेन्ट एण्ड म्यानेजमेन्ट आयोजना गरिएको मिस कलेज–२०१७ को उपाधी जिभिएन माविकी पुष्पा उपाध्यायले हात पारेकी छन् ।
    बाँकेमा रहेका विभिन्न कलेजहरुमा अध्ययन गर्ने किशोरीहरु प्रतिस्पर्दी हुने गरी पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा विजेता उपाध्यायले २ लाख ७० हजार मूल्य बराबरको स्कुटर र सुनको औठी प्रापत गरेकी छन् । उपाध्याय नेपालगन्जको जिभिएन माविमा कक्षा ११ व्यवस्थापन समुहकी विद्यार्थी हुन ।
    त्यसैगरी सो प्रतियोगितामा ब्राईटल्याण्ड कलेजकी हर्षदीप कँवरले फस्ट रनरअपको उपाधी हासिल गरेकी छन् । उनले एकथान ल्यापटप प्राप्त गरीन । डाईनामिक कलेज कोहलपुरकी स्मृती लामिछानेले सेकेन्ड रनरअपको उपाधी हासिल गरिन ।
    बाँकेमा कलेजमा अध्ययन गर्ने किशोरीहरुमा लुकेर बसेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले पहिलो पटक कार्यक्रमको आयोजना गरेको आयोजक संस्था नाईल ईभेन्ट एण्ड म्यानेजमेन्टले जनाएको छ । सदरलाईनबाट

     

  • ३ आश्विन २०७४, मंगलवार १५:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित