चितवन असोज ३ । सिँचाइमन्त्री सञ्जयकुमार गौतमले कृषिलाई आधुनिकिकरण गर्न नसक्दा लाखौं युवा विदेश जान बाध्य भएको बताउदै कृषि उत्पादनलाई वृद्धि गरेर आत्मनिर्भरसँगै स्वरोजगार प्रदान गर्नुपर्ने बताउनुभएको छ । मगलबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री गौतमले कृषिमा आत्मनिर्भर बनाउन प्रविधिको विकास र आधुनिक कृषि प्रणालीको विकास गर्नुपर्ने बताउनुभयो पत्रकारको एक प्रश्न जवाफ दिदै मन्त्री गौतमले नीतिगत रुपमा राज्य चुकेका कारण कृषिमा आत्मनिर्भर हुननसकेको बताउदै उहाँले कृषि प्रणालीमा नीतिगत रुपमा सुधार नगरेसम्म सोचेअनुरुपको प्रगति गर्न नसकिने धारणा व्यक्त गर्नुभयो ।
स्थानीय तहका संरचना निर्माण र कर्मचारी व्यवस्थापन नभएसम्म तीव्र विकास गर्न नसकिने भन्दै उहाँले राष्ट्रिय गौरवका सिँचाइ योजनालाई विशेष प्रथामिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभयो ।