मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दशैकालागी खसीबोका किन्दै सहकारी घरघरमा
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,असोज,३ । बिभिन्न समूहमा आवद्ध महिलाहरुले पालेको खसी बाख्राहरु उचित मूल्यमा सहकारीले खरिद गरेपछि बढैयाताल गाँउपालिकाका महिला दिदी बहिनी खुशी भएका छन् । सहकारी मार्फत खसीबाख्रा स्थानीय स्तरमै बिक्रि भएपछि बिचौलिया व्यापारीहरुबाट ठगिदै आएका किसान महिलाहरु राम्रो आम्दानी गर्न थालेका छन् । हेफर ईन्टरनेशनल नेपालले महिला दिदी बहिनी हरुलाई बिभिन्न समूहमा आवद्ध गराई व्यवस्थित खोरतथा प्राविधिक सहयोग गरेपछि बाख्रा पालनका लागि थप उत्साह मिलेको मुनाल महिला समूहकी अध्यक्ष जमुना रेग्मीले वताईन। अहिले दशैका लागी जिल्ला सहकारी संघ बाँकेले घरघरमै गई खसी बाख्रा खरिद गरेका कारण वजारको समस्याबाट समेत मुक्त भएको अध्यक्ष रेग्मीले जानकारी गराईन्। बर्दियाका बढैयाताल गाँउपालिकाका र गुलरिया नगरपालिकाका बिभिन्न समूहका महिला हरुबाट दशैका लागि एक हजार खसी,बोका खरिद गरी पोखरा र काठमाण्डौ बिक्रि गरिने जिल्ला सहकारी संघ बाँकेका प्रवन्धक कृष्ण केसीले वताए। हेफरले बर्दियामा करिव ४सय ५० समूहमा महिला दिदी बहिनीहरुलाई आवद्ध गराई बाख्रा पालन तथा बिभिन्न सहयोग गरेको हेफर नेपाल बर्दियाका वजार सहजकर्ता शोभाकान्त पौडेलले वताए । यस कार्यक्रमले महिला दिदी बहिनी हरुको जिविकोपार्जनमा सहयोग पुगेको बढैया गाँउपालिका८ मुनाल वस्तीकी देवी अर्यालले वताईन।

     

  • ३ आश्विन २०७४, मंगलवार १७:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित