मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बलिउड हिरोइन सन्नी लियोन काठमाडौंको तारे होटलमा जुवा खेलाउँदै प्रहरी बेखबर
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । बलिउड हिरोइन सन्नी लियोन केही दिनदेखि अनलाइन जुवा खेलाउन नेपाल आएको खुलेको छ । ‘जितविन’ नामक अनलाइनमार्फत काठमाडौंको पाँचतारे र्याडिसन होटलमा उनले जुवा खेलाइरहेको तथ्य फेला परेको छ ।
    अनलाइन जुवा नेपालमा प्रतिबन्धित छ । तरपनि उनले तारे होटलमा जुवा अखडा जमाएको उच्च स्रोतको दाबी छ । नेपालमा अनुमति नलिई कुनै पनि प्रकारको अनलाइन जुवा खेलाउन पाइँदैन ।
    सन्नी लियोनले नेपाल आएर अनलाइन जुवा खेलाएको बारे प्रहरीलाई कुनै जानकारी नभएको नेपाल प्रहरीले बताएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज न्यौपानेले भने, “सन्नी लियोन नेपाल आएर जुवा खेलाइरहेको हामीलाई जानकारी छैन । नेपालमा अनलाइन जुवा खेलाउन पाइँदैन, यसरी खेलाएको भेटिए कारबाही हुन्छ ।” सनी लियोनी केहीदिनदेखि नेपालमै रहेको स्रोतको दाबी छ ।

    And your favorite dealer is back ?Join me on https://t.co/KqRgJdqpxF https://t.co/v5t4eGSeeh

    — Sunny Leone (@SunnyLeone) September 17, 2017

    सन्नी लियोनीले आफ्नो फेसबुक र ट्वीटरबाट पनि यसको लाइभ गरेको भेटिएको छ । १६ सेप्टेम्बरमा आफ्नो फेसबुक पेजमा र्याडिसन होटल काठमाडौं उल्लेख गर्दै भिडियो समेत पोष्ट गरेकी छन् । स्रोत १२ खरी

     

  • ४ आश्विन २०७४, बुधबार १५:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित