मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

समाजमा केही सिमित व्यक्तिहरुले सामाजिक सद्भाव भड्काउने तत्वहरुलाई परास्त गर्न प्रहरी र नागरिक बिचको सहकार्य हुनुपर्नेबरिष्ठ प्रहरी उपरिक्षक महेश बिक्रम शाह
  • मार्गरेखा संवाददाता

  • नरैनापुर बाँके असोज ४ । संघिय प्रहरी ईकाई कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक महेश बिक्रम शाहले आउँदै गरेका चाडपर्बहरु उल्लासका साथ मनाउन आग्रह गर्दै भने– चाडपर्बहरु बिथाल्ने तत्वहरुका बिरुद्ध सबै मिलेर लागौं । उनले समाजमा केही सिमित व्यक्तिहरुले सामाजिक सद्भाव भड्काउने गरेको उल्लेख गर्दै त्यस्ता तत्वहरुलाई परास्त गर्न प्रहरी र नागरिक बिचको सहकार्य हुनुपर्ने बताए । सबै भन्दा पहिले आम नागरिक नेपाली भएको उल्लेख गर्दै सबै मिलेर एकअर्काको अस्तित्व स्विकार्न उनले सबैलाई आग्रह गरे । सदियौं देखि मिलेर बसिरहेको समाजलाई भताभुंग पार्ने तत्व बिरुद्ध प्रहरी सतर्क भएको बताए ।
    सो कुरा बुधबार युएनडिपिको सहयोगमा बास नेपालगञ्जले राप्तीपारी क्षेत्रमा सञ्चालन गरिरहेको सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा सवलिकरण परियोजना अन्र्तगत सम्पन्न सदभावका लागि प्रहरी र नागरिक बिचको अन्तरसम्बाद कार्यक्रमा बताए थिए । कार्यक्रमका अतिथी नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद साहले बिगतका कुराहरु भुलेर कुनै पनि घटना हुन नदिन आम नागरिकहरुलाई आग्रह गरे । जातियता र धार्मिकतालाई भन्दा मानबतालाई बुझि सबै सचेत हुन आग्रह उनले गरे । आउनेपर्बहरुमा घटना घटाउने कोही, कसैलाई नछाड्ने उनले बताए ।
    ईस्लाम धर्मका मौलाना याकुव खाँले सबै धर्मावलम्विहरुले आआफ्ना चाडपर्बहरुमा सबैलाई बोलाई धार्मिक सहिष्णुता कायम गर्नुपर्ने बताउदै मानबताको भावनाले सबै सामाजिक सद्भावका लागि लाग्नु पर्ने शान्ति र सद्भावलेनैं समाजलाई समृद्ध बनाउँछ बताए ।
    स्थानीय हाजि मुजिमुद्धिन खाँले सामाजिक सद्भावका लागि नेतृत्वपंति जिम्मेवार भएर लाग्नुपर्ने बताए । महेन्द्र मा.बि. मटेहियाका प्राचार्य पेशकार सिंहले सदभावका लागि काँधमा काँध मिलाई अघि बढ्न सबैलाई आग्रह गरे ।
    बासका परियोजना संयोजक शम्भु शाही र मटेहिया उपशाखाका अध्यक्ष मकबुल अहमद मुकेरीले सहजिकरण गरेको कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा २०० बढिको सहभागिता रहेको थियो । परियोजना अन्र्तगत बासले राप्तीपारीका ८ वटा साविकका गाविसहरुमा सामाजिक सदभाव कायम राख्न प्रहरी र नागरिक बिच अन्तरसम्बाद कार्यक्रम सञ्चालन गरिरहेको छ ।
    यसैगरि बासले आजै नरैनापुर गाउँपालिकाको मटेहियाका बाढीप्रभावितहरुलाई राहत स्वरुप झुल, चाउचाउ, लत्ता कपडा र भाँडाबर्तन बितरण गरेको छ ।
    २७५ जना बाढी पीडितहरुलाई उक्त राहत सामाग्रि बितरण गरिएको हो । प्रभाबितहरुलाई संघिय प्रहरी ईकाई कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक महेश बिक्रम शाह र मटेहियाका वडाध्यक्ष कृष्णचन्द्र मौर्यले राहत सामाग्रि हस्तान्तरण गरेका थिए । कार्यक्रममा बासका अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह लगाएतको सहभागिता रहेको थियो ।

     

    नमस्कार शाह
    कार्यकारी निर्देशक, बास

  • ४ आश्विन २०७४, बुधबार २१:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित