कोहलपुर असोज ५ । ३ प्रदेशको प्रबेश द्धारको रुपमा रहेको बाँके कोहलपुर नगरले करिव ४ बर्षको अन्तरालपछि सडक बत्ती पाएको छ ।
४ बर्ष अधि कोहलपुर नगरलाई रात्रीकालीनमा सुन्दर र उज्यालो शहरका रुपमा पहिचान बनाउनका लागी कोहलपुर नेपालगञ्ज सडक खण्ड अन्र्तगतपर्ने कोहलपुर नगरको वार्ड न. १० र ११ मा पर्ने कोहलपुर नगरको प्रमुख बजारमा स्थानियको पहलमा करिव ४ लाख रुपैया स्थानिय सहभागितामा संकल्न गरि सुरु भएको सडक बत्ती बाल्ने सपना ४ बर्ष पछि कोहलपुर नगरपालिकामा जनप्रतिनिधी आएपछि साकार भएको छ ।
कोहलपुर बजारमा सडक बत्ती बालेर कोहलपुर बजारलाई रात्रीको समयमापनि उज्यालो शहरका रुपमा पहिचान गराउनका लागी स्थानियबासिहरुको घर घरमा गएर आर्थिक संकल्न गरि अभियान त सुरु गरियो तर स्थानिय निकायको बिकाश गर्ने निकायले चासो नदिएको कारण सडक बत्ती बाल्ने योजना असफल भईरहेको बेला कोहलपुर नगरपालिकामा जनप्रतिनिधी आएपछि स्थानिय जनप्रतिनिधी माग बमोजिम जनसभागिता ४ लाख रुपैया र कोहलपुर नगरपालिको करिव २० लाख रुपैया गरि करिव २४ लाख रुपैयाको लागतमा बजारको सडक बत्ती बाल्न सकिएको कुरा कोहलपुर नगरलाई रात्रीकालीमा पनि उज्यालो शहरका रुपमा पहिचान गराउने लागेका अभियानकर्ता ओम प्रकाश बर्नवालले बताए ।
कोहलपुरको प्रमुख बजार कोहलपुर चौराह देखि त्रिभुवन माबि सम्म स्थानिय सहभागिता र नगरपालिको सहयोगमा सुरु भएको रात्रीकालीन सडक बत्तीले अबेर राति सम्म व्यापार व्यवसाय बिक्री बितरण हुने सगै बजारमा रात्रीकालिन बेला बजारमा हुने चोरी र अन्य गैरकानुनी हुने गतिबिधीलाई रोक्ने कुरा कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र प्रसाद अधिकारीले जनाएका छन ।
कोहलपुर नगर भित्र रहेका अन्य बजारहरुमा पनि सडक बत्तीको व्यवस्था गरि कोहलपुर नगरलाई रात्रीकालीन उज्यालो शहरका रुपमा पहिचान गराउने कार्यमा कोहलपुर नगरका जनप्रतिनिधी लागेमा कोहलपुर नगरको बिकाश गर्न जनप्रतिनिधी लागेको आभाष हुने स्थानियबासीहरु जनाएका छन ।