मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मन्त्री गौतमले किन ढोके माटोलाई
  • मार्गरेखा संवाददाता

  • मन्त्री गौतमले किन ढोके माटोलाई

    तस्विरमा देखिएको यो दृष्य देखेर तपाईँले अनुमान गर्नुहोला, कुनै धर्ममा आस्था राख्ने मानिसले भुइँमा ढोगिरहेको छ । अथवा कुनै मुश्लिम धर्म मान्ने मानिसले भुइँमा ढोगेर अल्लाह पुकारिरहेको पनि तपाईँले अनुमान गर्नु भएको होला । तर तपाईँको दुवै अनुमान सही होइन ।

    यो कुनै सामान्य मानिसले भगवान पुकारेको होइन । नत कुनै मुश्लिम धर्मावलम्बीले अल्लाहलाई पुकारेका हुन् । यो तस्विर हो, सिँचाइ मन्त्री सञ्जयकुमार गौतमको ।

    मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला बर्दिया पुगेका मन्त्री गौतमले जिल्लाको सीमानामा पाइला टेक्ने वित्तिकै गाडी रोकेर जिल्लाको सीमा मानखोलामा उत्रिएर भुइँमा ढोगेका हुन् ।  मन्त्री बनेर पहिलो पटक गृहजिल्ला बर्दिया पुगेका मन्त्री गौतमले जिल्लाको सीमा मानखोलामा उत्रेर माटोलाई ढोगेका हुन्, त्यो पनि बीच सडकमै । मन्त्री गौतमले गाडीबाट ओर्लिएर टोपी फुकालेर सडकै ढोग्दा सुरक्षामा खटिएका सुरक्षाकर्मी र मन्त्रीका अन्य ब्यक्तिहरि अनौठो मान्दै  हेरिरहेका थिए ।

    साभार : रातो पाटी ।

  • १७ श्रावण २०७४, मंगलवार १६:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित