मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एल जी ब्राण्डका इलेक्ट्रानिक्स समानको शोरु कोहलपुरको शुभ सप्लायर्सबाट
  • मार्गरेखा संवाददाता

  • गुणस्तरी सबै प्रकारका एल जि ब्राण्डका इलेक्ट्रोनिक्स सामानहरु विक्री वितरणका लागि कोहलपुरमा शुभ सप्लायर्स सञ्चालनमा आएको छ ।
    कोहलपुर बसपार्क नजिकै बिहीबारबाट शुभ सप्लार्यस सञ्चालनमा आएको हो । विहिवार कोहलपुर नगरपालिकाका मेयर र उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष चक्र बहादुर अधिकारीले संयुक्त रुपमा शुभ सप्लायर्सको रिवन काटेर उद्घाटन गरेपछि सप्लायर्सले कोहलपुर बसापर्क नजिक रहेको स्थानबाट सेवा
    प्रारम्भ गरेको छ । ब्राण्डेड इलेक्ट्रोनिक सामानहरु खरिद गर्न नेपालगञ्ज धाउनुपर्ने बाध्यता हटेको भन्दै नगरपालिका मेयर
    रावतले खुशी व्यक्त गर्दै ग्राहकको चाहनाअनुसार अन्य इलेक्ट्रोनिक सामाग्रीहरु पनि शुभ सप्लायर्सले विक्री वितरण गर्नुपर्ने बताए । ग्राहक तथा उपभोक्ताहरुको इच्छा र चाहनालाई दृष्टिगत गर्दै सेवा विस्तार गर्न उनले आग्रह गरे ।
    यस्तै उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष अधिकारीले स्तरीय सेवा विस्तार गर्न कोहलपुरका व्यवसायीहरु सक्षम भएको भन्दै शुभ सप्लायर्स सञ्चालनमा ल्याएका व्यवसायी इश्वर श्रेष्ठलाई धन्यवाद ज्ञापन गरे । इलेक्ट्रोनिक्स सामाग्रहीहरु उत्पादन गर्ने एल जी ब्राण्डका सम्पूर्ण ईलोक्ट्रोनिक सामानहरु विक्री सप्लायर्सबाट सुलभ मूल्यमा स्तरीय सेवा उपभोक्ता तथा ग्राहकलाई उपलब्ध गराइने सप्लार्यसका सञ्चालक श्रेष्ठले
    जानकारी दिए ।
    कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष अधिकारी, पूर्व अध्यक्षहरु नरेन्द्र शर्मा, चिन्तामणि धिताल, राजेन्द्र श्रेष्ठ, नेकपा एमाले जिल्ला अध्यक्ष अशोक कोईराला लगायतको उपस्थिति रहेको थियो ।

  • ५ आश्विन २०७४, बिहीबार २०:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित