नेपालगञ्ज असोज ७ । नेपाल पत्रकार महासंघ बाँकेले नेपालगञ्जमा समाजिक सदभाव शहर नेपालगञ्ज भन्ने नाराका साथ नेपालीहरुको महानपर्व अटवारी,बिजयादशमी,मोहर्रम दिपावली र नेपाल सम्वतको उपलक्ष्यमा नेपालगञ्जमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
सो कार्यक्रममा शुभकामना आदान प्रदान गदै नेपालगञ्ज शहरलाई समाजिक सदभावको शहर बनाउने कार्यमा नेपालगञ्जका सबै समुदायले बोलिमा मात्र समाजिक सदभाव नेपालगञ्ज शहर मात्र भनेर होईन्नकी व्यवहारमा लागु गरे साचैको नेपालगञ्ज शहरलाई समाजिक सदभावको शहर बन्ने बताउदै सरकारी निकायले पनि नेपालगञ्ज शहरलाई समाजिक सदभाव शहर बनाउन पहल गर्नुपर्ने धारण आफ्नो शुभकामना मन्तव्यमा राख्नु भएको थियो । शुभकामना मन्तव्य राख्नु हुनेमा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के सी बाँकेका प्रहरी प्रमुख टेक बहादुर तमाङ,नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईराला, नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोईराला नेकपा माओबादी केन्द्र बाँके संयोजक आईपी खरेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सैजवाल, नेपाल पत्रकार महासंघका केन्द्रिय पुर्वसदस्य जनक नेपाल,साहित्यकार सनत रेग्मी इन्सेक भोला महत्त,गैर सरकारी संस्थाका सपना भट्टराई,कानुन व्यवसाय प्रलाद कार्की लगायत हुनुुन्थो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिह थारुको अध्यक्षता सम्पन्न भएको थियो ।