मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्ज उपमहानगरपालिका टोल,टोलमा उपमेयर अभियान सुरु
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज असोज ८ । नेपालगञ्ज उपमहानगरपालिका भित्र बासोबास गर्ने जनता र बिकाश निमार्णको अवस्था बारे बुझन र छलफल गर्ने उद्ेश्यका साथ नेपालगञ्ज उपमहानगरपालिका उपमेयर उमा थापाले उपमहानगरपालिका २३ वटै वडाका टोल,टोलमा उपमेयर अभियान सुरु गरेकी छन ।

    टोल टोल उपप्रमुख अभियान अन्र्तगत आईतबार नेपालगञ्ज उपमहानगरपालिकाको १० नम्बर वडामा उपमेयर उमा थापाले वडा अध्यक्ष बिन्दु भुषण बस्नेत सहित वडाका स्थानिय बासिन्दाहरु सग वडाका आवश्यक समस्या बारे छलफल गरियो । छलफलमा वडा बासिन्दाहरुले वडाको पहिलो प्रथामिक वडामा रहेका सडक,बाटोहरु फराकिलो कालोपत्र बनाउनु पर्ने, ढलनिकाशको व्यवस्थापन गनुपर्ने र सरसफाईको योजनाको माग गरेका थिए ।
    वडा बासिहरुको माग बारे उपमेयर उमा थापाले वडाको समग्रहमा बिकाश गर्नेका लागी स्थानिय वडाबासिहरुको ठुलो भुमिका रहेको चर्चा गदै उपमहानगरपालिका वडाबासिहरुको चाहानालाई संम्बोधन गर्ने पयाप्त बजेट छुट्टयाउने प्रतिबद्धता व्यक्त गरे । वडा अध्यक्ष बिन्दु भुषण बस्नेत वडाबासिहरुले माग गरेका योजनाले वडा सफा,सुन्दर हुने भएकोले आगमी दिनमा नगरसभाबाट पारित गराउने बताए ।

  • ८ आश्विन २०७४, आईतवार १२:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित