मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको अध्यक्षमा पुनः महानन्द ढकाल निर्वाचित
  • मार्गरेखा संवाददाता

  • हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको चौथो साधारणसभा सम्पन्न भएको छ । शनिवार समपन्न साधारण सभाले महानन्द ढकाललाई पुनः अध्यक्षको जिम्मेवारी दिएको छ । दुई कार्यकाल सफल नेतृत्व सम्हालीसकेका ढकाल पुनः तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन ।

    अधिवेशनबाट उपाध्यक्षमा प्रदिप भट्टराई निर्वाचित भएका छन भने सचिवमा पुष्कर रिजाल, सह–सचिव केशव निमेश तथा कोषाध्यक्षमा बद्रि ढकाल निर्वाचित भएका छन । कोहलपुरस्थित ज्ञानोदय पुस्तकालयमा सम्पन्न भएको साधारणसभाबाट बिक्रम शिशिर, मानव सहयात्री, देवकी निरौला, मणी गैरे, नमिता बराल, तिलक वि.सी. र प्रकाश मरासीनी सर्वसम्मत सदस्यमा निर्वाचित भएका छन । त्यसैगरी कपिल अन्जान, खोपीराम ओली, हुकुम धड्कन र विरङ्गना योगीलाई आमन्त्रीत सदस्यमा मनोनित गरिएको  प्रतिष्ठानका नव निर्वाचित सचिव पुष्कर रिजालले जानकारी दिए ।

    साधारणसभाको उद्घाटन सत्रमा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले राहित्यमार्फत समाज रपान्तरणका लागि पूर्णिमा सबैव अब्बल ठहरिएको जिकिर गरे । उनले साहित्य समाजको ऐना भएको उल्लेख साहित्यबाट यस क्षेत्रको प्रतिष्ठा उच्च बनाउने कार्यमा अग्रसर भएको भन्दै पूर्णिमा परिवारप्रति कृतञता समेत ब्यक्त गरेका थिए ।

    कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका उप–मेयर सञ्जु कुमारी थारुले साहित्य मार्फत यहाँको कला, संस्कृतीको संरक्षणमा बिशेष जोड दिन आग्रह गरेकी थिईन । उनले कला साहित्यको संरक्षणका लागि पूर्णिमा सँग सहकार्य गर्दै अगाडी बढ्न आफु तयार रहेको जिकिर समेत गरेकी थिईन ।

    पूर्णिमा साहितय प्रतिष्ठानका सल्लाहकार सागर गैरेले यस क्षेत्रबाट थुप्रै अब्बल साहित्यकार उत्पादन गर्न सफल पूर्णिमाले आपैmमा ईतिहास रहेको भन्दै खुसी ब्यक्त गरेका थिए । उनले बिगतमा धेरै संघर्ष गरेर स्थापना गरेको पूर्णिमा पछिल्लो समय साहित्यप्रति रुचि राख्नेहरुका लागि कोशेढुङ्गाको रुपमा स्थापित हुँदै गएको बताए ।

  • ८ आश्विन २०७४, आईतवार १३:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित