मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आगामी मंसिरमा हुने प्रदेश र केद्रिय सभाका लागी बाँकेका बिभिन्न दलबाट दर्जनौ उम्मेदारहरुको दावी
  • मार्गरेखा संवाददाता

  •  

     

    नेपालगञ्ज असोज ९ । आगामी मंसिरमा हुने प्रतिनिधी सभा र प्रदेशसभाको निर्बाचन बाँकेका प्रमुख राजनैतिक दलका नेता र कार्यक्रता बिच चहलपहल सुरु भएको छ ।
    बाँके जिल्लालाई प्रतिनिधि सभाका लागी ३ निर्बाचन क्षेत्र र प्रदेश सभाका लागी प्रत्येक प्रतिनिधी सभालाई दुई दुई निर्बाचन क्षेत्र बनाई प्रदेश सभाका लागी ६ वटा क्षेत्र छुट्टयाएपछि बाँकेँका प्रमुख राजनैतिक दलमा आकाँक्षीहरु एक्कासी बढेका छन ।
    प्रमुख राजनैतिक दलका प्रदेश सभा र प्रतिनिधी सभाका आकाँक्षीहरु आफ्नो गुटका प्रतिनिधी र प्रदेश सभाको उमेद्धारीका लागी आफ्ना शुभचिन्तक, कार्यक्रताहरुलाई नगर,क्षेत्र जिल्ला र केन्द्रिय नेताहरु संग लबिङ्ग सुरु गरेका छन ।
    प्रदेशसभामा को कस्को दावी
    बाँकेको निर्बाचन क्षेत्र न.१ को दुई सिट रहेको प्रदेश सभाकालागी नेपाली काँग्रेसका तर्फबाट तप्त पौडेल, कृष्ण प्रसाद पौडेल,पत्रकार पोषण के.सी. राम चन्द्र मौर्य इसाख खाँ बलराम शर्मा, नाराण प्रसाद गौडेल कृष्ण कार्कीले दाबी गरेका छन । नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट क्षेत्र न. १ मा प्रदेश सभाका लागी, , बसन्ती अधिकारी, खिल प्रसाद भुषाल, प्रेम भुषाल,सुर्य ढकाल गोपाल गिरी, पुजन बिश्वकर्मा, नरेन्द्र प्रशाद शर्मा, रामदास थारुले दाबी गरेका छन । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र तर्फ क्षेत्र न.१मा प्रदेश सभाका लागी नरेन्द्र पान्डे, तुलाराम बिष्ट, ओम प्रकाश के सी,दुर्गा थारु र प्रकाश सुबेदी र अमर खडकाले दाबी गरेका छन । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नरेन्द्र पौडेल,हिक्मत ढकाल, दिपक पौडेल ठाकुर सिह थारु ऋषिराज देवकोटाले दावी गरेका छन ।यसै गरि क्षेत्र न. २ को दुई सिट रहेको प्रदेश सभाका लागी नेपाली काँग्रेसको तर्फबाट सुरेन्द्र हमाल, निरन्जन सिह सिजापति, सुदिपनरसिह राणा,लक्ष्मीनारायण शाह,अच्युत प्रसाद प्रसाई, राजकुमार बर्माले दाबी गरेका छन । भने नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट निरक गुरुङ्ग,बिजया धिताल, पत्रकार रुद्र सुबेदी,मौलाना जब्बार मंसुरी बिजय गुप्ता, दत्त प्रसाद आर्चाय, तुल्सा थापा, र लाल बहादुर थापा,शान्ती ढकालले दावी गरेका छन । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र तर्फ क्षेत्र न.२ मा प्रदेश सभामा अकल बहादुर बम, ललित रौनियार,नबिन शर्मा,अक्रम अन्सारी, आदेश अग्रवालले दावी गरेका छन । राष्ट्रिय जनता दल पार्टी नेपालबाट पत्रकार आषिश गुप्ता,फिरोज हलुवाई, केशवराम बर्माले दावी गरेका छन । भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ओम प्रकाश आजाद,गौरव चन्दले दावी गरेका छन । यसै गरि क्षेत्र न.३ को दुई सिट रहेको प्रदेश सभाका लागी नेपाली काँग्रेसको तर्फबाट मेघराज वली, कपिल शर्मा,देव बहादुर के सी, चन्तराम थारु, प्रकाश शाही,कृष्ण बिके,झुममाया जिएम,देवफल यादव,खलिल खाँ,ले दावी गरेका छन । नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट रत्न खत्री,चन्द्र थारु,लाल बहादुर खत्री पदम धिताल,घननाथ खनाल, होमनाथ सापकोटा, नन्द बिश्कर्मा, गोमानसिह परियार बाबुराम गौतम,धर्म रोकायले आआफ्नो दावी गरेका छन । । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र तर्फ क्षेत्र न.३ आई पी खरेल,डम्बर बि.क,बिजय पाठक,रक्षाराम बर्मा, सालिकराम खडका,राम बि.क,दिपेन्द्र शाह, राम मोहन थारुले प्रदेश सभामा दावी गरेका छन । । राष्ट्रिय जनता दल पार्टी नेपालबाट मनुवर अलिले मात्र दावी गरेका छन । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तेज बिकम शाह,गणेश थापा,टोपेन्द्र शाही, अतिउल्ला खाँले दावी गरेका छन ।
    केन्द्रिय प्रतिनिधि सभामा को कस्को दावी
    बाँकेको निर्बाचन क्षेत्र न.१ को केन्द्रिय प्रतिनिधी सभाकालागी नेपाली काँग्रेसका तर्फबाट नारायण सिग्देल,माधवराम खत्री,ज्ञानु के सी हुर्मत न्यौपानेले दावी गरेका छन भने नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट बर्तमान सासंद देवराज भार,दिनेश चन्द्र यादव र अशोक कोईरालाको दाबी रहेको छ । । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र तर्फ महेश्वर गहतराज,( अथक) कृणा के.सी(नमुना) र तिलक परियारले दावी गरेको छन । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेम बहादुर भण्डारी,ऋषिराज देवकोटा,ठाकुरसिह थारुले दावी गरेका छन । बाँकेको निर्बाचन क्षेत्र न.२ को केन्द्रिय प्रतिनिधी सभाकालागी नेपाली काँग्रेसका तर्फबाट किरण कोईराला,मोहम्दी सिद्धिकी,सुनिल नरसिह राणा,बर्तमान सासंद अब्दुल हमीद सिद्धिकी(भोला)ले दावी गरेका छन । भने नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट बिजय गुप्ता र राष्ट्रिय जनता पार्टी नेपालका पशुपतिदयाल मिश्रलाई एमालेमा प्रबेश गराए चुनाव लडाउने तयारी एमाले गरिरहेको छ । र नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र तर्फ अख्तर हुसेन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ओम प्रकाश अजाद, राष्ट्रिय जनता पार्टी नेपालका बिजय कुमार गुप्ताको दावी गरेका छन । बाँके निर्बाचन क्षेत्र न ३ बाट नेपाली काँग्रेसका तर्फ बाट युरावराज शर्मा बर्तमान सांसद आशा बि.क,बादशाह कुर्मी र रबिन्द्रमान श्रेष्ठले दावी गरेका छन । नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट बर्तमान सामंसद दल बहादुर सुनार, नन्द बिश्वकर्मा, नन्दलाल रोकायको दावी रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तेज बिक्रम शाहको दावी रहेको छ ।

  • ९ आश्विन २०७४, सोमबार १३:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित