नेपालगन्ज ०९ असोज । बाँकेका विभिन्न रेडियो र टेलिभिजनमा कार्यरत प्राविधिक पत्रकारहरु संगठित भएका छन् । नेपालगञ्जमा सोमबार प्राबिधिक पत्रकारहरुको भेलाले रेडियो सद्भावका प्रबिधिक प्रमुख नरेन्द्र सिंहको अध्यक्षतामा प्राविधिक पत्रकार संघ नेपाल गठन गरिएको हो । सिंहको अध्यक्ष्तामा गठित ९ सदस्यीय तदर्थ समितीको उपाध्यक्षमा भेरी एफएममा कार्यरत सुप्रिया शर्मा, सचिवमा टेलिभिजन तथा रेडियो प्राबिधिक अरुण घिमिरे, सहसचिवमा कोहलपुर एफएमका गणेश बिष्ट र कोषध्यक्षमा नेपालगञ्ज एफएमका प्रेरणा खड्का चयन भएका हुन । यसैगरी सदस्यमा कृष्णसार एफएमका योगेश चौधरी, कोहलपुर टेलिभिजनका जिवन अधिकारी, बागेश्वरी एफएमका तारिफ मोहमद र प्रतिबोध एफएमका बिवेक रेग्मी चयन गरीएको छ । साथै संघको कानुनी सल्लाहकारमा अधिबक्ता लोक बहादुर शाह तथा प्रेस सल्लाहकारमा पत्रकारमहासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु र बिशेष सल्लाहकारमा बरिष्ठ प्राबिधिक बिष्णु कँडेललाई लाई चयन गरिएको छ । संघले प्राबिधिक पत्रकारको हकहितका क्षेत्रमा पैरवी गर्ने र दक्ष प्राविधिक उत्पादनकालागि तालिम सञ्चालन गर्ने अध्यक्ष सिंहले बताए । प्राबिधिक पत्रकार संघमा आबद्ध हुन चाहनेलाई सदस्यता शुल्क पाँच सय एक रुपैयाँ तोकिएको अध्यक्ष सिंहले जानकारी दिए ।