काठमाण्डौ असोज ९ । बाँके जिल्ला निवासी राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय सहमहासचिव पशुपति दयाल मिश्रलाई राष्ट्रिय जनता पार्टी नेपालको अनुशासन बिभागले पार्टीको साधारण सदस्यबाट निष्काशित गरेको छ । राष्ट्रिय जनता पार्टी नेपालको अनुशासन बिभाग प्रमुख तथा पार्टीका केन्द्रिय सदस्य रामकुमार दिक्षितले हस्ताक्षरण गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । सो बिज्ञप्तीमा राष्ट्रिय जनता पार्टी नेपालले निज मिश्रलाई पार्टी महत्वपुर्ण जिम्मेबारी दिई दिदै आएको तर निजले बारम्बार पार्टी मधेश र मधेशी जनता बिरुद्ध कार्य गदै पार्टीलाई नै समाप्त पार्ने कार्य गरिरहेको हुनाले पार्टी बाट पदमुक्त गदै साधारण सदस्यबाट निष्काशन गर्न बाध्य भएको जनाएको छ ।