मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेका १४ हजार ३ सय ४५ जना घरधुरीलाई बाढीपीडितका लागी १४ करोड रुपैया निकासा प्रति परिवार २१ सय रुपैया पाउने
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज असोज १० । नेपाल सरकारले बाँकेका १४ हजार ३ सय ४५ जना घरधुरीलाईबाढीपीडितका लागि १४ करोड रुपैयाँ निकासा भएको छ ।
    सरकारले प्रति परिवार २ हजार एक सय रुपैयाँ प्रदान गर्ने घोषणा गरे बमोजिम पहिलो चरणमा वितरण गर्न १४ करोड रुपैयाँ निकासा गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
    जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार बाँके जिल्लामा बाढीपिडी १४ हजार ३ सय घर धुरीलाई पहिलो चरणको राहत रकम प्रदान गर्न स्थानीय तहमा रकम पुगिसकेकोले मंगलबारदेखि वितरण हुने दसैँ मनाउन सजिलो होवस् भन्ने उद्देश्यले छिटो गरि रकम निकासा गरेर वितरणका लागि सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सी जनाउदै ‘धेरैजसो ठाउँमा मंगलबारदेखि राहत रकम वितरण हुने भएको छ, प्रति व्यक्ति २ हजार एक सयका दरले वितरण हुनेछ, जनाएका छन । बाँकेमा बाढीपितबाट ८३ हजार १ सय ५४ जना प्रभाबित भएका थिए ।

     

  • १० आश्विन २०७४, मंगलवार ११:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित