मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

६ नम्बर प्रदेशमा रहेका पत्रकारको कलमको ताकतले गर्दा प्रदेश स्थापना पुर्वमन्त्री हृदयराम थानी
  • मार्गरेखा संवाददाता

  • सुर्खेत असोज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री हृदयराम थानीले ६ नम्बर प्रदेशमा रहेका पत्रकारको कलमको ताकतले गर्दा प्रदेश स्थापना भएको बताउदै प्रदेश नंम्बर ६ को बिकास र सम्बृद्धिका लागी पत्रकारको भुमिका महत्वपुर्ण हुने बताएका छन् । क्रियाशिल पत्रकार मञ्चले सुर्खेतको सातौ वार्षिक साधारणसभालाई वीरेन्द्रनगरमा सम्बोधन गर्दै थानीले सुर्खेत क्षेत्र नंम्बर २ का सांसद समेत रहेका थानीले यस प्रदेशको स्थापना गर्दा सांसदवाट राजीनामा समेत दिन तयार रहेको स्मरण गर्दै अब सम्बृद्धिको मार्ग प्रशस्त गर्न तत्पर रहेको ठोकुवा गरे । देशमा भएका ठुला–ठुला परिवर्तन पत्रकारहरुको कलमका कारण भएको बताउँदै आफु मन्त्रि हुुदाँ पनि पत्रकारकै सहयोगमा सहकारी ऐन पास गराउँन सफल भएको स्पष्ट पारे । उनले प्रदेश नम्बर ६ मा भएका प्रांकृतिक स्रोत, साधनको सहि उपयोग गरेर बिद्युत निर्माण गर्न सकेमा र पर्यटकिय स्थलसम्म मोटरवाटो पुर्याउन सकेमा सबै भन्दा सम्बृद्ध पनि यही प्रदेश बन्ने ठोकुवा समेत गरे ।
    नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवालले राजनीतिक स्थायीत्व र नयाँ संरचनाको बिकासका लागी पत्रकारले कलम चलाउनु पर्नेमा जोड दिए । पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले जनप्रतिनिधिहरुले संचार माध्यमलाई बिकासको संबाहकका रुपमा बुझन नसकेको गुनासो गर्दै सञ्चारका क्षेत्रमा बजेट छुट्याउँन माग गरे । साधारण सभा क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष ललित बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको हो ।

  • १० आश्विन २०७४, मंगलवार १२:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित