मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर नगरपालिकाको ५० करोड १ लाख ५१ हजार रुपैया बजेट सार्वजनिक
  • मार्गरेखा संवाददाता

  • कोहलपुर असोज १० । कोहलपुर नगरपालिकाले बडा दशै पत्रकार बिच शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि २०७४÷०७५ को ५० करोड १ लाख ५१ हजार रुपैया बजेट सार्वजनिक मंगलबार कोहलपुरमा पत्रकार माझ सार्वजनिक गरेको छ ।
    कोहलपुर नगरपालिका प्रवक्ता एवम वार्ड न ३का अध्यक्ष माधव रिजालले बजेट सावर्जनि गदै कोहलपुर नगरपालिकाका १५ वडा समितीलाई पुर्वाधार बि काश तर्फ १० करोड ७४ लाख चालु तथा प्रशासनिक तर्फ ७ करोड ९८ लाख ९५ हजार,योजना तथा कार्यक्रम तर्फ ३१ करोड २८लाख ९५ हजार,शिक्षा तर्फ ९ करोड ९२लाख ५२ हजार,स्वास्थ तर्फ ६१ लख ७१ हजार, पशु बिकाश तर्फ ८३ लाख ५ हजार, गोलपार्कमा घण्टाघर निमार्णका लागी ३० लाख, कोहलपुर चौराहमा आधुनिक पार्क निमार्णका लागी ४२ लाख ५० हजार, कोहलपुर नगरपालिका वार्ड न २ मा रंगशाला र कबर्डहल निमार्ण निमार्णका लागी ५० लाख भिबिन्न वडामा सडक कालोपत्र निमार्णका लागी ४ करोड ८५ लाख ४१ हजार, फोहर मैला व्यवस्थापनका लागी ३६ लाख ५ हजार,बिपद व्यवस्थापन तर्फ १० लाख,वातावरण संरक्षण तर्फ ५१ लख ६० हजार,तटबन्धन तर्फ १करोड ३० लाख रुपैया छुट्टयाएको बताए ।
    कार्यक्रममा कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले नगर सभाले पास गरेको बजेटमा भएका चुनौतिलाई नगरबासी बिच छलफल गरि कोहलपुरको बिकास गर्ने प्रतिबद्धता व्यक्त गदै नगरको बिकाशका लागी स्थानिय पत्रकार र नगरपालिको समबन्ध नङ र मासु जस्तै हुनु पर्ने बताए । सोहि कार्यक्रमा कोहलपुर नगरपालिका उपमेयर संन्जु कुमारी थारुले कोहलपुर नगरलाई सबृद्धि नगरका रुपमा बिकाश गर्नका लागी कोहलपुर नगरबासिहरु संग हातेमालो गरि अगाडी बढने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा कोहलपुर नगर कार्यपालिका सदस्य दिल बहादुर परियारले बजेटमा सुधार गदै नगर बासिहरुको चाहाना बमोजिम कार्य गर्ने बताए ।

  • १० आश्विन २०७४, मंगलवार १९:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित